गोल्डेन जब सेन्टर देशभर विस्तार, ३२ जिल्लामा एकैपटक शाखा खोल्ने तयारी

इ चितवन खबर

October 28, 2026

चितवन । चितवनमा मुख्य कार्यालय रहेको गोल्डेन जब सेन्टरले आफ्नो सेवा विस्तार गर्ने भएको छ। रोजगारी खोज्ने युवा तथा योग्य कर्मचारीको खोजीमा रहेका कम्पनी र व्यवसायलाई जोड्दै आएको सेन्टरले नेपालका ३२ जिल्लामा एकैपटक शाखा कार्यालय विस्तार गर्ने तयारी गरेको हो।

 

गोल्डेन जब सेन्टरका प्रबन्ध निर्देशक तथा युवा उद्यमी प्रकाश भुषालका अनुसार बुटवल, दाङ, पोखराbलगायतका प्रमुख सहर सहित देशका विभिन्न ३२ जिल्लामा शाखा विस्तार गर्न लागिएको छ। यस विस्तारसँगै रोजगारीको खोजीमा रहेका युवालाई आफ्नो योग्यता र क्षमता अनुसारको काम खोज्न सहज हुने अपेक्षा गरिएको छ।

 

गोल्डेन जबले विभिन्न क्षेत्रका रोजगारीका अवसर उपलब्ध गराउनुका साथै रोजगारदाता कम्पनी तथा व्यवसायलाई आवश्यकता अनुसार योग्य कर्मचारी खोज्न सहयोग गर्दै आएको छ। रोजगारी खोज्ने व्यक्ति र कर्मचारी आवश्यक पर्ने संस्थाबीच समन्वय गर्ने माध्यमका रूपमा गोल्डेन जबले आफ्नो सेवा अघि बढाइरहेको जनाएको छ।

 

पछिल्लो समय चितवन क्षेत्रमा गोल्डेन जब सेन्टर रोजगारी खोज्ने युवा तथा कर्मचारीको खोजीमा रहेका व्यवसायीका लागि एक विकल्पका रूपमा परिचित हुँदै गएको छ। दैनिक रूपमा विभिन्न योग्यता, सीप र अनुभव भएका युवाहरू रोजगारीको खोजीमा गोल्डेन जबमा पुग्ने गरेका छन्। त्यस्तै, विभिन्न कम्पनी तथा व्यवसायले पनि आफ्नो आवश्यकताअनुसार कर्मचारी खोज्न गोल्डेन जबको सेवा लिने गरेका छन्।

 

देशका ३२ जिल्लामा एकैपटक शाखा विस्तार गर्ने योजनाले रोजगारी खोज्ने व्यक्ति र रोजगारदाताबीचको दूरी कम गर्न तथा स्थानीय स्तरमै रोजगारीका अवसरबारे जानकारी उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।

“रोजगारी खोज्न होस् वा योग्य कर्मचारी आवश्यक परेमा, गोल्डेन जब सेन्टर तपाईंको साथमा सधैँ तयार” भन्ने सन्देश सहित गोल्डेन जबले आफ्नो सेवा देशव्यापी बनाउने लक्ष्य अघि सारेको हो ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( १००% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .