इ चितवन खबर
November 05, 2026
चितवन । ग्रेस इन्टरनेशनलले आफ्नो २०औँ वार्षिकोत्सवको विशेष अवसरमा भरतपुर–७ स्थित बालगृहमा पुगेर बालबालिका सँग खुसीका पलहरू साटासाट गर्दै माया, स्नेह र आत्मीयता बाँडेको छ।
बालगृहमा आयोजित कार्यक्रममा बालबालिका सँग रमाइला पलहरू बिताउँदै उनीहरूको अनुहारमा मुस्कान ल्याउने प्रयास गरिएको थियो। खुसी बाँड्दा अझ बढ्ने र सानो प्रयासले पनि कसैको जीवनमा ठूलो खुसी ल्याउन सक्ने सन्देश यस कार्यक्रमले दिएको छ।
ग्रेस इन्टरनेशनलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत समय–समयमा विभिन्न सामाजिक तथा मानवीय कार्यहरू गर्दै आएको छ। २०औँ वार्षिकोत्सवको अवसरमा संस्थाले रक्तदान कार्यक्रम, खाद्यान्न तथा विभिन्न सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण र स्वास्थ्य तथा शिक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरेको थियो।
ग्रेस इन्टरनेशनलले अष्ट्रेलिया, न्यूजिल्याण्ड, भारत, फिलिपिन्स, केन्या लगायत १० भन्दा बढी देशमा आफ्ना सेवा सञ्चालन गर्दै आएको छ। संस्थाले व्यावसायिक सेवा सँगै सामाजिक उत्तरदायित्वका कार्यक्रम मार्फत समाजमा सकारात्मक योगदान पुर्याउँदै आएको जनाएको छ।
वार्षिकोत्सवलाई सामाजिक सेवा सँग जोड्दै बालबालिकाको जीवनमा खुसी र आशा थप्ने ग्रेस इन्टरनेशनलको प्रयासले सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धता झल्काएको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
November 05, 2026
November 05, 2026
November 05, 2026
November 05, 2026
November 05, 2026
November 05, 2026
November 05, 2026
November 03, 2026
November 03, 2026
November 03, 2026
November 05, 2026
November 05, 2026
November 05, 2026
November 05, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .