इ चितवन खबर
November 26, 2026
चितवन। भरतपुर-१०, चितवनस्थित ओम शान्ति एकेडेमीले बालबालिकामा लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले ‘ओएसए किड्स कन्टेस्ट–२०८३’ आयोजना गर्ने भएको छ। यस प्रतियोगितामा मन्टेश्वरी विद्यालयमा अध्ययनरत बालबालिकाहरूले मात्र सहभागिता जनाउन पाउने छन्।
मंसिर १९ गते, शनिबार विद्यालय परिसरमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न पाँच विधामा प्रतिस्पर्धा गराइने विद्यालयले जनाएको छ। प्रतियोगिता अन्तर्गत चित्रमा रङ भर्ने प्रतियोगिता, कविता तथा गीत (राइम्स) प्रतियोगिता, ‘मेरो मनपर्ने खेलौना’ विषयमा शो एन्ड टेल, ब्रेन ब्याटल तथा खेलकुद (ब्याग प्याक) प्रतियोगिता समावेश गरिएका छन्।
ब्रेन ब्याटल प्रतियोगितामा सामान्य ज्ञान, चित्र पहिचान, प्रकृति तथा विज्ञान, अङ्क तथा आकार पहिचान र हाम्रो देश नेपालसम्बन्धी विषयहरू समावेश गरिनेछन्। प्रतियोगितामा सहभागी हुन कुनै पनि शुल्क लाग्ने छैन। सहभागी विद्यार्थीहरूले मंसिर १८ गते शुक्रबार अपराह्न ४ बजेसम्म नाम दर्ता गराउन सक्नेछन्। कार्यक्रमका दिन बिहान १० बजे उपस्थित हुनुपर्ने विद्यालयले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई प्रमाणपत्र, पदक तथा उपहार प्रदान गरिनेछ। साथै, सबै प्रतियोगितामा प्राप्त कुल अङ्कका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने सहभागी विद्यालयलाई च्याम्पियनसिप ट्रफी प्रदान गरिनेछ।विद्यालयले यस कार्यक्रममार्फत बालबालिकाको सिर्जनशीलता, आत्मविश्वास, बौद्धिक क्षमता तथा खेलकुद प्रतिभाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
Happy ( १००% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
November 26, 2026
November 26, 2026
November 23, 2026
November 23, 2026
November 22, 2026
November 22, 2026
November 22, 2026
November 20, 2026
November 20, 2026
November 20, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .