वीरगन्जमा पहिलो पटक थ्रोम्बोलाइसिस प्रविधिबाट पक्षाघातको उपचार सुरू

इ चितवन खबर

March 26, 2025

वीरगन्ज। वीरगन्जस्थित वीरगन्ज न्युरो एण्ड जनरल अस्पतालमा थ्रोम्बोलाइसिस प्रविधिबाट इस्केमिक स्ट्रोक (पक्षाघात )
लकवा)को उपचार सुरू भएको छ।


अस्पतालका प्रमुख श्यामबाबु प्रसादले थ्रोम्बोलाइसिस प्रक्रियाबाट इस्केमिक स्ट्रोकको उपचार सुरू भएको जानकारी दिएका हुन्। यस प्रविधिबाट उपचार हुनु मधेस प्रदेशमा स्वास्थ्य क्षेत्रका लागि  ठूलो उपलब्धी भएको उनले दाबी गरे। 


प्रसादले वीरगन्ज न्युरो एण्ड जनरल अस्पतालमा हालसम्म तीन जना बिरामीलाई थ्रोम्बोलाइसिस प्रक्रियाबाट सफलतापूर्वक उपचार गरिसकेको स्पष्ट पारे।  


यसअघि थ्रोम्बोलाइसिस प्रक्रियाबाट इस्केमिक स्ट्रोकको उपचार वीरगन्जमा नभएको बताउँदै चिकित्सा क्षेत्रका लागि एउटा ठूलो कदम भएको उनको भनाइ छ।


थ्रोम्बोलाइसिस एउटा यस्तो चिकित्सा प्रविधि हो, जसमा मस्तिष्कमा रक्तसञ्चार बन्द गर्ने रगतको डल्लो (मस्तिष्कमा जमेको रगत) हटाउन अथवा पगाल्न औषधी प्रयोग गरिन्छ।


थ्रोम्बोलाइसिस इस्केमिक स्ट्रोकको उपचारका लागि अति नै प्रभावकारी मानिन्छ। मस्तिष्कमा रगत पुर्‍याउने धमनीमा अवरोध भएपछि इस्केमिक स्ट्रोक हुने गरेको उनले बताएका छन्।


प्रसादले थ्रोम्बोलाइसिस उपचारका लागि बिरामीले लक्षण देखिएको साढे चार घण्टाभित्र अस्पताल पुग्नुपर्ने बताएका छन्। स्ट्रोकका लक्षणहरू जस्तै अचानक कमजोरी, बोल्न गाह्रो हुने वा अनुहार बाङ्गिनेजस्तो लक्षण देखिएमा तुरुन्त अस्पतालमा आउन उनले आग्रह गरेका छन्।


अन्य प्रविधिबाट उपचारको तुलनामा थ्रोम्बोलाइसिस विधि छिटो र सस्तो भएकाले उनले बताए। 'हामीले उन्नत उपचारलाई सिंगो प्रदेशका बिरामीका लागि सस्तो र पहुँचयोग्य बनाउन खोजेका छौं,' डाक्टर प्रसादले भने।


उनले थ्रोम्बोलाइसिस प्रक्रियाबारे विस्तृत जानकारी दिँदै उपचारमा रगतको डल्लो हटाउने,पगाल्ने औषधी अल्टेप्लेस वा अन्य विकल्पहरू बिरामीको रगतमा इन्जेक्सनमार्फत दिइने बताए। थ्रोम्बोलाइसिस प्रक्रियाबाट बिरामीको उपचार गर्नुपूर्व विभिन्न जाँचहरू आवश्यक रहेको समेत जानकारी दिए।


उनले उपचारको सम्भावित जोखिमहरूबारे पनि चर्चा गर्दै यसमा विशेष गरी मस्तिष्कमा रक्तस्राव हुने खतरा हुन सक्ने उनले बताएका थिए।


साथै, हेमोरेजिक स्ट्रोक (रक्तस्रावबाट हुने स्ट्रोक), हालै शल्यक्रिया गरेका बिरामी वा रक्तस्रावको जोखिम बढाउने औषधी खाइरहेका बिरामीहरूका लागि थ्रोम्बोलाइसिस उपचार उपयुक्त नहुने उनले बताए। 'बिरामीको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो,' उनले भने।


थ्रोम्बोलाइसिस प्रविधिबाट उपचार नेपाल सरकारबाट स्वीकृत भएको र विश्वव स्वास्थ्य सङ्गठनले समेत मान्यता दिएको उनले जानकारी गराएका थिए। बजारमा उपलब्ध अन्य थ्रोम्बोलाइटिक औषधीहरूको विकल्प पनि रहेको उनले उल्लेख गरेका थिए।


वीरगन्जमा थ्रोम्बोलाइसिसको सुरुवातलाई यहाँको स्वास्थ्य क्षेत्रमा एउटा कोसेढुंगा मानिएको छ। इस्केमिक स्ट्रोक उपचारका लागि बिरामीहरूलाई अब राजधानी काठमाडौं अथवा भारतका ठूला सहर जानुपर्ने बाध्यता अन्त्य भएको प्रसादले दाबी गरेका थिए।


तीन जना बिरामीको सफल उपचारबाट सुरुवात भएको बताउँदैअस्पतालको क्षमता विस्तार र थप कर्मचारीलाई तालिम दिने प्रसादले प्रतिबद्धता व्यक्त गरे। स्ट्रोक उपचारलाई अझ सुधार गर्न अन्तर्राष्ट्रिय चिकित्सा संस्थाहरूसँग सहकार्य गर्ने प्रयास जारी रहेको उनले जानकारी दिए।


इस्केमिक स्ट्रोक ( लकवा )के हो?

इस्केमिक स्ट्रोक एक प्रकारको पक्षाघात/लकवा। मस्तिष्कमा रक्त प्रवाह अवरुद्ध भएर इस्केमिक स्ट्रोक हुन्छ। यो प्रायः रक्त नलीमा रगतको डल्लो बनेर वा कुनै अवरोधले गर्दा उत्पन्न हुन्छ, जसले मस्तिष्कको कुनै भागमा अक्सिजन र पोषण पुग्नबाट रोक्छ।


अक्सिजनको कमीले मस्तिष्कका कोशिकाहरू छिट्टै मर्न थाल्छन्, जसले समयमै उपचार नभएमा स्थायी क्षति वा मृत्युसम्म निम्त्याउन सक्छ। 


इस्केमिक स्ट्रोकका मुख्य कारणहरूमा मस्तिष्कको रक्त नलीमा डल्लो बन्नु (थ्रोम्बोसिस), शरीरको अन्य भागबाट डल्लो मस्तिष्कमा पुग्नु (एम्बोलिज्म), वा कोलेस्ट्रोल जमेर रक्त नली साँघुरिनु (एथेरोस्क्लेरोसिस) समावेश छन्।


यसका लक्षणहरूमा शरीरको एक भाग कमजोर हुनु वा पक्षाघात, बोल्न र बुझ्न गाह्रो हुनु, दृष्टिमा समस्या, टाउको दुख्नु, चक्कर लाग्नु र हिँड्न कठिनाइ हुन्छ।


इस्केमिक स्ट्रोकको उपचारका लागि रगत पातलो बनाउने वा डल्लो हटाउने औषधी वा शल्यक्रियामार्फत् अवरोध हटाउने प्रक्रिया अपनाइन्छ।


# चितवन खबर # स्वास्थ्य

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

७२ जिल्लामा फैलियो डेङ्गी

June 10, 2025

यसरी व्यवस्थापन गर्दैछ बिपी कोइराला क्यान्सर अस्पतालले फोहर

June 10, 2025

भारतमा काेभिड बिरामी बढेकाे बढयै, मृत्यु हुनेको संख्या ५८ नाघ्यो

June 10, 2025

स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने प्रयत्नमा मन्त्री पौडेल

May 24, 2025

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

May 23, 2025

भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल

May 06, 2025

हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने

May 03, 2025

‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न मिलेर काम गरौँ’

April 29, 2025

अस्पतालमा मुख्यमन्त्रीदेखि स्वास्थ्य मन्त्रीसहितको छड्के अनुगमन

April 28, 2025

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह

April 08, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .