बैशाख २० गते जयश्री फुड्सले रक्तदान कार्यक्रम गर्ने

इ चितवन खबर

April 28, 2025

गैँडाकोट। जयश्री फुड्स प्रा.लिले एवं जयश्री च्यारिटी नेपालले यहि वैशाख २० गते बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। 


गैँडाकोट ९ स्थित जयश्री फुड्स प्रालिको प्राङ्गणमा वैशाख २० गते शनिबार बिहान ७ बजेदेखी रक्तदान कार्यक्रमको आयोजना गरिएको जयश्री फुड्सका सञ्चालक एवं जयश्री च्यारिटी नेपालका अध्यक्ष पवनकुमार अग्रवालले जानकारी दिनुभयो ।


बढ्दो रक्तअभावलाई पूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । उहाँले उद्योग स्थापना भएको १२ औँ वर्ष पुरा गरी १३ औँ वर्ष प्रवेशको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।


रक्तदान कार्यक्रममा उपस्थित भई रक्तदान गरी मानवीय सहयोग जस्तो पुण्य कार्यमा सरिक भइदिनहुन योग्य रक्तदातालाई जयश्री फुड्सका व्यवस्थापक अमित अग्रवालले आग्रह गर्नुभयो । 


 यस गर्मीयाममा चितवन, नवलपुर तथा देशैभर भएको रक्त अभावलाई केही हदसम्म भएपनि यसले रगत पूर्ति गर्ने विश्वास लिइएको छ । ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित व्यवसायी पवनकुमार अग्रवालले उद्योग र च्यारिटी दुवै सञ्चालन गर्नुभएको हो ।

 


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

May 23, 2025

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

May 23, 2025

भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न : महानिर्देशक भट्टराई

May 23, 2025

नागढुङ्गा-नौबिसे सडक दिउँसो साढे ४ घण्टा बन्द गरिने

May 21, 2025

एकैदिन ५ हजारले बढयो सुनको मुल्य

May 21, 2025

देश बन्दैन भन्ने भाष्यलाई गलत सावित गर्ने गरी काम गर्नुको विकल्प छैन : महामन्त्री थापा

May 20, 2025

लक्की फिल्मी अवार्ड असार ८ गते

May 19, 2025

पहिलो पटक नेपाली महिला किक्रेट टोली ग्लोबल छनौटमा

May 19, 2025

हुरीका कारण चितवनमा २० प्रतिशत केराखेतीमा क्षति

May 19, 2025

‘एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ’

May 19, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .