नगरपालिकाको दबाबपछि चितवन कालिकाका विद्यालय खुल्न थाले

इ चितवन खबर

April 29, 2025

चितवन। शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन रोकिएका चितवनको कालिका नगरपालिकाका सामुदायिक विद्यालयहरू नगरपालिकाको दबाबपछि खुल्न थालेका छन्।

 

लामो समय विद्यालय बन्द रहँदा बालबालिकाको पढ्न पाउने अधिकार खोसिएको भन्दै नगरपालिकाले विद्यालय सञ्चालन गर्न कडा दबाब बढाएपछि सोमबारदेखि केही विद्यालय खुलेका हुन्। नगरपालिकाले गत शुक्रवार एक विज्ञप्ति जारी गरेर सबै सामुदायिक विद्यालयहरू तत्काल सञ्चालन गर्न आह्वान गरेको थियो।

 

नगरपालिकाको दबाबपछि सोमबारबाट कालिका–७ भटेनी स्थित पृथ्वी माध्यमिक विद्यालय सञ्चालनमा आएको विद्यालयका प्रधानाध्यापक सूर्यभक्त अधिकारीले बताए। उनले स्थानीय सरकारले विद्यालय खोल्न दिएको र शिक्षक सङ्गठनले नखोल्न दिएको दबाबका कारण आफूहरू दोहोरो चेपुवामा परेको गुनासो गरे। करिब ८०० विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयमा सोमबार २०० जना विद्यार्थी मात्र उपस्थित थिए।

 

त्यस्तै, कालिका–३ मा रहेको आधारभूत विद्यालय वन कट्टामा पनि सोमबारबाटै शैक्षिक गतिविधि सुरु भएको छ। विद्यालयका प्रधानाध्यापक भक्त तामाङका अनुसार सोमबार केही विद्यार्थी र अभिभावक विद्यालय आएका थिए भने विद्यार्थी भर्ना लिने र पाठ्यपुस्तक वितरण गर्ने काम भयो।

 

यसै गरी, कालिका–६ को माध्यमिक विद्यालय रेडक्रस ग्राम पनि सोमबारदेखि सञ्चालनमा आएको छ। विद्यालयका प्रधानाध्यापक नन्दलाल लामिछानेले नगरपालिकाको निर्देशन र अभिभावकको आग्रहअनुसार विद्यालय खोलिएको बताए। उनले स्थानीय सरकारको निर्देशनलाई अवज्ञा गर्ने अवस्था नरहेको र बालबालिकाको पढ्न पाउने अधिकारको सम्मान गर्दै विद्यालय सञ्चालन गरिएको जानकारी दिए।

 

सो विद्यालयमा पठनपाठन सोमबारबाट मात्र सुरु भए पनि भर्ना अभियान केही दिनअघिदेखि नै सुरु गरिएको थियो। नयाँ शैक्षिक सत्रमा कक्षा नर्सरीदेखि कक्षा ९ सम्म ३८० विद्यार्थी भर्ना भइसकेका छन्। गत वर्ष सो विद्यालयमा ३८६ विद्यार्थी भर्ना भएका थिए। सोमबार विद्यालयमा सबै (शतप्रतिशत) शिक्षक उपस्थित रहे पनि विद्यार्थी भने करिब आधा (५० प्रतिशत) मात्र आएका थिए। प्रधानाध्यापक लामिछानेले शिक्षकहरूको मागलाई सरकारले तत्काल सम्बोधन गरेर निर्बाध पठनपाठन हुने वातावरण बनाउनुपर्नेमा जोड दिए।

 

नगरपालिकाको निर्देशनबमोजिम विद्यालय सञ्चालन भए/नभएको अनुगमन गर्न सोमबार सामाजिक विकास समिति संयोजक तथा वडा नं ४ का वडाध्यक्ष मकरमान श्रेष्ठको नेतृत्वमा एक टोली खटिएको थियो। टोलीले विभिन्न वडाका ८ वटा विद्यालयको अनुगमन गर्दा सबैमा शैक्षिक गतिविधि निर्बाध रूपमा सञ्चालन भइरहेको श्रेष्ठले बताए। उनले कालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा पठनपाठन नियमित गराउन अनुगमनलाई निरन्तरता दिइने जानकारी दिए।

 

उता, आन्दोलन परिचालन कमिटी कालिकाका संयोजक रामकृष्ण लम्सालले भने तत्काल विद्यालय सञ्चालन गर्ने र नगर्ने पक्षबिच देखिएको मतभेदले थप नैराश्य बढाएको बताए। गत वर्ष पनि शैक्षिक क्यालेन्डरअनुसार वैशाख १३ बाट मात्रै विद्यालय सञ्चालन भएको भन्दै उनले थप दुईचार दिन विद्यालय बन्द हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको तर्क गरे। आन्दोलन परिचालन कमिटीको बैठकले 'विद्यालय बन्द भएका दिन बराबर बिदाको दिनमा पढाउने' प्रतिबद्धता जनाइसकेको अवस्थामा नगरपालिकाले विद्यालय सञ्चालन गर्न दबाब दिनु दुःखद भएको उनले गुनासो गरे।

 

नगरप्रमुख विनोद रेग्मीले विद्यालय सञ्चालन अनिवार्य रहेको भन्दै शिक्षकहरूलाई विद्यालय भर्ना र पठनपाठनमा असर नपर्ने गरी सिर्जनात्मक ढङ्गले आन्दोलन गर्न आग्रह गरे। केन्द्रीय सरकारले आन्दोलनरत शिक्षकहरूसँग वार्ता गरेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिँदै उनले सामुदायिक विद्यालयका कक्षाकोठा खाली राख्न नमिल्ने बताए।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छ : राष्ट्रपति

October 08, 2026

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ः०० देखि

October 08, 2026

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा

October 07, 2026

कांग्रेसको १५औँ महाधिवेशन : बिहीबार बिहान १० बजेदेखि मतदान

October 07, 2026

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

October 06, 2026

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

October 06, 2026

कांग्रेस १५ औँ महाधिवेशन : मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

October 06, 2026

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : संयोजक दाहाल

October 04, 2026

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .