इ चितवन खबर
April 29, 2025
चितवन । शैक्षिक क्षेत्रमै नयाँ आयाम थप्ने क्रममा भरतपुर-८, बिशालचोकमा रहेको पिस जोन इङ्लिस स्कुलले पृथक र आधुनिक मण्टेश्वरी ब्लक निर्माण गरी आफ्नो कार्यक्रम विस्तार गरेको छ। उक्त ब्लकमा वातानुकूलित कोठा (ए.सी. रूम), खेलकुदका लागि विशेष प्ले स्टेशन तथा गतिविधिमा आधारित सिकाइ प्रणाली समावेश गरिएको छ।
विद्यालयका शैक्षिक प्रमुख बिनय दवाडीका अनुसार यस नयाँ मण्टेश्वरी ब्लकले विद्यार्थीहरूको सर्वांगीण विकासमा सघाउ पुग्नेछ। “हामीले बालमैत्री वातावरणमा सिकाइलाई रमाइलो र प्रभावकारी बनाउन आधुनिक प्रविधि र पद्धति अपनाएका छौँ,” दवाडीले बताए।
नयाँ संरचनासँगै गतिविधिमा आधारित सिकाइ प्रविधिको प्रयोग गरिनु र खेलकुद सुविधाहरू थपिनुले अभिभावकहरूमा समेत खुशीको तरंग छाएको छ। एक अभिभावकले भने, “विद्यालयले यति राम्रो सुविधा र वातावरण प्रदान गरेको देखेर हामी निकै सन्तुष्ट छौँ। यो हाम्रा नानीहरूको भविष्यका लागि उत्कृष्ट छ।” विद्यालयले आगामी दिनहरूमा पनि अझ नवीन र गुणस्तरीय शैक्षिक कार्यक्रम ल्याउँदै जाने जनाएको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
October 06, 2026
October 06, 2026
October 06, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .