इ चितवन खबर
May 03, 2025
गैंडाकोट। जयश्री फुड्स प्रा.लिले शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बिहान ७ बजे देखि जयश्री फुड्सको प्राङ्गगणमा सुरू भएको रक्तदान कार्यक्रमको औपचारिक उद्घाटन नगर प्रमुख मदनभक्त अधिकारीले गर्नुभएको थियो।
उद्योग स्थापना भएको १३ औँ वर्ष प्रवेशको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको जयश्री फुड्सका व्यवस्थापक अमित अग्रवालले बताउनुभयो। रक्तदान कार्यक्रममा ११८ जनाले रक्तदान गरेका छन। जसमा पुरूष १०६ जना र महिला १२ जना रहेका छन्। ३२ जनाले पहिलो पटक जयश्री फुड्स प्रा.लि ले आयोजना गरेको रक्तदान कार्यक्रम मार्फत रक्तदान गरेका छन्।
जयश्री फुड्सले यसअघि पनि नेपाल रेडक्रस सोसाईटी सँगको सहकार्यमा नियमित रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी, ब्लड बैंक, गैँडाकोट ९ स्थित नवजागरण ग्रामिण विकास केन्द्रको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
गत बर्ष बैशाख २९ गते १२ औँ बर्ष प्रबेशको अवसरमा जयश्रीले गरेको रक्तदान कार्यक्रममा १२७ जनाले रक्तदान गरेका थिए। यस रक्तदान कार्यक्रमलाई सफल बनाईदिनुहुने सबै रक्तदाता र सहयोगी दिदी बहिनी दाजुभाईहरुलाई ह्रदयदेखि धन्यवाद दिन चाहन्छु अग्रवालले भन्नुभयो।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
October 06, 2026
October 06, 2026
October 06, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .