इ चितवन खबर
February 25, 2025
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जेनेभामा द्विपक्षीय भेटवार्ताहरुमा व्यस्त रहेकी छन् । नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी परराष्ट्रमन्त्री डा देउवाले विभिन्न देशका आफ्ना समकक्षी तथा अन्य मन्त्रीहरुसँग ‘साइडलाइन’ भेटवार्ता गरेकी छन् ।
ती भेटवार्ताका क्रममा मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद्को सदस्य एवं सन् २०३७ देखि २०३८ सम्मका लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी घोषणा गरेको नेपाललाई सहयोग गर्न सबैसँग आग्रह गरेकी छन् । साथै जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य ‘थिम’ बनाएर आगामी ‘मे’ मा नेपालमा आयोजना हुने सगरमाथा संवाद कार्यक्रममा बढीभन्दा बढी अन्तरराष्ट्रिय समुदायलाई सामेल गराउने तयारी भइरहेको जानकारी दिँदै उनले जलवायु परिवर्तनसम्बन्धी सो कार्यक्रममा सहभागी भइदिन समकक्षी एवं नेताहरुलाई आमन्त्रण गरिन् ।
त्यसैगरी, भेटवार्ताका क्रममा मन्त्री डा देउवाले नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रुपमा स्तरोन्नति हुने चरणमा रहेकाले त्यसपछिको अवस्थामा नेपाललाई आवश्यक पर्नसक्ने सहयोगका लागि पनि विभिन्न देशका आफ्ना समकक्षीहरु तथा मन्त्रीहरुसँग आग्रह गरिन् ।
सोमबार मन्त्री डा देउवाले नर्वेका उपविदेशमन्त्री एन्ड्रे क्राभिकसँग भेटवार्ताका क्रममा नेपालको शान्ति प्रक्रियाका साथै आर्थिक–सामाजिक विकासका क्षेत्रमा पुयाउँदै आएको सहयोगका लागि नर्वे सरकारलाई धन्यवाद दिइन् । साथै नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रुपमा स्तरोन्नति हुने चरणमा रहेकाले त्यसपछिको अवस्थामा नेपाललाई पर्ने सहयोगका लागि पनि परराष्ट्रमन्त्री डा देउवाले नर्वे सरकरको सहयोगको अपेक्षा गरिन् ।
त्यसैगरी, मन्त्री डा देउवाले किर्गिज रिपब्लिकका उपप्रधानन्त्री एडिल बइसालोभसँग भेटवार्ता गरिन् । त्यस क्रममा उनीहरुबीच जलवायु परिवर्तनको असर तथा हिमाल र पहाडका साझा मुद्दाहरुलाई अन्तरराष्ट्रिय मञ्चहरुमा उजागर गरी जलवायु परिवर्तनसम्बन्धी मुद्दामा सहकार्य गर्ने विषयमा कुराकानी भएको थियो ।
त्यसैगरी, मन्त्री डा देउवाले फिलिपिन्सका उपविदेशमन्त्री चाल्र्स सी जोसेसँग पनि भेटवार्ता गरिन् । त्यस अवसरमा उनीहरुबीच नेपाल फिलिपिन्स सम्बन्धका विविध पक्षका साथै साझा हित र चासोका बारेमा कुराकानी भएको थियो ।
फिलिपिन्ससँग जलवायु परिवर्तनका ‘ऐजेन्डा’मा दुवै देश आगामी दिनमा साझा एजेन्डाका साथ कसरी अघि बढ्ने भन्ने विषयसहित साझा हित र चासोका बारेमा कुराकानी भएको थियो । यी भेटहरुमा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसङ्घ महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
यसअघि मन्त्री डा देउवाले सोमबार नै संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रलाई नेपालका तर्फबाट सम्बोधन गरेकी थिइन् । सो अवसरमा नेपालका तर्फबाट आगामी सन् २०२७ देखि २०२९ को कार्यकालका लागि राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यको उम्मेदबारी घोषणा गरिएको थियो । ।
जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयमा जारी रहेको मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा राष्ट्रसङ्घका सदस्य राष्ट्रहरुका मन्त्री तथा नेताहरुको सहभागिता रहेको छ ।
सो सत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा देउवाको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मानवअधिकार तथा अन्तरराष्ट्रिय सन्धिसम्झौता महाशाखा प्रमुख सहसचिव राजेन्द्र थापासहित परराष्ट्र मन्त्रालय र जेनेभास्थित नेपाली स्थायी नियोगका अधिकारी सम्मिलित छ सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता रहेको छ ।
राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को यस उच्चस्तरीय सत्रमा सहभागी विश्वका नेता तथा मन्त्रीहरुले मानवअधिकारको रक्षा र प्रवद्र्धनका क्षेत्रमा नेपालको भूमिका तथा शान्ति प्रक्रियामा नेपालले अपनाएको ढाँचा उदाहरणीय रहेको भन्दै सराहना गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 01, 2026
July 30, 2026
July 29, 2026
July 29, 2026
July 20, 2026
July 10, 2026
July 10, 2026
July 10, 2026
July 09, 2026
July 06, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .