इ चितवन खबर
May 05, 2025
काठमाडौं । आईपीएलमा शनिबार भएको खेलमा आरसीबीले सीएसकेलाई २ रनले पराजित गरेको थियो । चिन्नास्वामी स्टेडियममा विराट कोहलीले ५ छक्का प्रहार गर्दै ६२ रन बनाउन सफल भए । उनी टिमबाट टी–२० मा ३०० छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । कोहलीले आईपीएलमा सर्वाधिक अर्धशतक बनाउने कीर्तिमान पनि बनाएका छन ।
आरसीबीका रोमारियो शेफर्डले १४ बलमा अर्धशतक बनाएका थिए । उनले खलिल अहमदको एक ओभरमा ३३ रन पनि दिए । यो कुनै पनि सिएसके बलरको सबैभन्दा महँगो ओभर थियो। कोहली आईपीएलमा आठौं पटक एक सिजनमा ५०० भन्दा बढी रन बनाउने पहिलो खेलाडीसमेत बनेका छन् ।
चेन्नईविरुद्ध विराट कोहलीले ५ छक्का प्रहार गर्दै ६२ रनको इनिङ खेलेका थिए । उनले इनिङ्समा पहिलो छक्का प्रहार गर्ने बित्तिकै आरसीबीका लागि ३०० छक्का पूरा गरेका हुन् । उनी एउटै फ्रेन्चाइजीबाट टि २० मा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय क्रिकेटरसमेत बनेका छन् ।
कोहलीपछि क्रिस गेलले आरसीबीका लागि ९१ खेलमा २६३ छक्का प्रहार गरेर पछि पछि रहेका छन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
February 24, 2026
February 21, 2026
February 17, 2026
December 12, 2025
December 07, 2025
December 06, 2025
December 02, 2025
December 01, 2025
November 28, 2025
November 28, 2025
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .