तोलामा एक हजार सात सयले बढ्यो सुन

इ चितवन खबर

May 07, 2025

काठमाडौँ।  अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ६०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६५ मा बेचबिखन भइरहेको छ । 

    
मङ्गलबार प्रतितोला सुन रु एक लाख ८९ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६५ मा खरिदबिक्री भएको थियो । 

    
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन  तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


# चितवन खबर # अर्थ खबर

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .