जस्मिन पेन्ट्स लिमिटेडले लग्यो उत्कृष्ट डिलरहरुलाई अस्ट्रेलियाको भ्रमणमा

इ चितवन खबर

May 07, 2025

काठमाडौँ। नेपाली रंङ उद्योगमा अग्रणी स्थान ओगट्दै आएको जस्मिन पेन्ट्स लिमिटेडले आफ्ना उत्कृष्ट डिलरहरुलाई अन्तर्राष्ट्रिय भ्रमणका लागि अस्ट्रेलिया लगेको छ । डिलरहरूको अबिस्मरणीय योगदानको कदरस्वरूप कम्पनीले यस भ्रमण कार्यक्रमको आयोजना गरेको हो । 

 

डिलरहरूलाई व्यवसायिक प्रेरणा प्रदान गर्ने उद्देश्यले गरिएको यस भ्रमणमा सहभागीहरूले सिड्नी, मेलबर्न लगायतका प्रमुख शहरहरूको अवलोकन गर्ने छन् । साथै उनीहरूले त्यहाँको पेन्ट्स उद्योग, निर्माण प्रविधि तथा अन्तर्राष्ट्रिय बजारको चलन प्रत्यक्षरूपमा अध्ययन गर्न पाउने छन् ।


कम्पनीका म्यानेजिङ डिरेक्टर लक्ष्मण अर्यालले जस्मिन पेन्ट्सको सफलता केवल उत्पादन र प्रविधिमा मात्र सिमित नभई डिलर साथीहरूको समर्पण नै सफलताको आधार रहेको र व्यवसायिक क्षमतामा अझ निखार ल्याउन यस प्रकारका अन्तर्राष्ट्रिय भ्रमणको अनुभवहरु अत्यन्तै उपयोगी हुने बताए ।

 

यस्तै कम्पनीका ब्रान्ड एम्बेसडर तथा नेपालि क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काका अनुसार यो भ्रमण केवल रमाइलोको लागि मात्र नभई, नयाँ प्रविधि, ग्राहक सेवा शैली र निर्माण व्यवसायप्रतिको दृष्टिकोण बुझ्न सहयोगी हुने बताए । साथै उनले भ्रमणका क्रममा अस्ट्रेलियाको सिड्नी तथा मेलबर्नमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानहरु समेत अवलोकन गर्ने योजना रहेकोले आफुलाई खुसि लागेको बताए । जस्मिन पेन्ट्स देशैभर डिलर नेटवर्कमार्फत नेपाली बजारमा विशिष्ट पहिचान बनाउन सफल कम्पनि हो । यस भ्रमणले कम्पनि र डिलर बीचको सम्बन्धलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ ।

 


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’

October 09, 2026

पोखरामा स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको पहिचान

October 09, 2026

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छ : राष्ट्रपति

October 08, 2026

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ः०० देखि

October 08, 2026

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा

October 07, 2026

कांग्रेसको १५औँ महाधिवेशन : बिहीबार बिहान १० बजेदेखि मतदान

October 07, 2026

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

October 06, 2026

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

October 06, 2026

कांग्रेस १५ औँ महाधिवेशन : मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

October 06, 2026

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : संयोजक दाहाल

October 04, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .