इ चितवन खबर
May 10, 2025
चितवन। भरतपुर-८, बिशालचोकमा रहेको पिस जोन ईंग्लिश स्कूलमा एक भव्य कार्यक्रम गरी शैक्षिक सत्र २०८२ मा भर्ना भएका १०० भन्दा बढी नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम गरिएको छ । सो अवसरमा विद्यालयले शैक्षिक सत्र २०८१ का उत्कृष्ट विद्यार्थीहरूलाई शैक्षिक पुरस्कार वितरण गर्नुका साथै विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै प्राचार्य मुक्तिनाथ अधिकारीले नयाँ विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्दै विद्यालयले विद्यार्थीको समग्र विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो। उहाँले विद्यार्थीहरूमा अनुशासन, लगनशीलता र नैतिक मूल्यको विकास गर्दै उज्ज्वल भविष्य निर्माण गर्न विद्यालय सधैं तत्पर रहने स्पष्ट पार्नु भयो।
त्यसैगरी, शैक्षिक प्रमुख बिनय दवाडीले पुरस्कार वितरण गर्दै उत्कृष्ट विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्नु भयो र सम्पूर्ण विद्यार्थीहरूमा उत्कृष्टता प्रतिको अभिप्रेरणा फैलाउने अपेक्षा व्यक्त गर्नुभयो। कार्यक्रममा नयाँ विद्यार्थीहरूले विद्यालयको स्वागत प्रक्रियाप्रति आभार व्यक्त गर्दै विद्यालयको शिक्षण पद्धति, वातावरण र शिक्षकहरूको व्यवहारप्रति उत्साहजनक प्रतिक्रिया दिनुभयो।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई झन् आकर्षक बनायो। उक्त कार्यक्रममा विद्यालयका प्राचार्य मुक्तिनाथ अधिकारी, शिक्षक, कर्मचारी, तह प्रमुखहरू, शैक्षिक प्रमुख र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
नयाँ विद्यार्थीहरूलाई स्वागत गर्न कक्षा शिक्षक तथा तह प्रमुखहरूले फूल, अबिर, कलम तथा पेन्सिल प्रदान गरी माया, सद्भाव र आशिर्वाद सहित विद्यालय परिवारमा स्वागत गर्नु भएको थियो । कार्यक्रमको प्राविधिक पक्षलाई परीक्षा प्रमुख सुजन श्रेष्ठ र नृत्य प्रशिक्षक सुनिता घिमिरेले सहजीकरण गर्नु भएको थियो। कार्यक्रमको प्रभावकारी सञ्चालन ECA COORDINATOR नारायण घतानेले गर्नु भएको थियो। कार्यक्रमले विद्यालयको शैक्षिक, सांस्कृतिक र नैतिक पक्षको समन्वयलाई उजागर गर्नुका साथै सम्पूर्ण विद्यालय समुदायमा सकारात्मक ऊर्जा र प्रेरणा सञ्चार गरेको अनुभव गरिएको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( १००% )
October 07, 2026
October 07, 2026
October 06, 2026
October 06, 2026
October 06, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .