इ चितवन खबर
May 14, 2025
काठमाडौं । अल नासरले साउदी प्रो लिग अन्तर्गत अहिलेसम्मकै फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेल अल अखडोउडविरुद्ध ९–० को फराकिलो जित हासिल गरेको हो ।
क्रिस्टियानो रोनाल्डो नखेलेको यस खेलमा साडियो मानेले मात्रै ४ गोल गरेका थिए । त्यस्तै, जोन डुरानले २ गोल गरे भने आयमान याहा र मोहमद मरानले एक एक गोल गरेका थिए ।
त्यस्तै यस खेलमा खेलको ४७औं मिनेटमा पाउलो भिटोरले रातो कार्ड पाएपछि अल अखडोउड १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि अल नासर लिगमा तेस्रो स्थानमा उक्लिएको छ । अल नासरको ३१ खेलमा ६३ अंक भएको छ । त्यसैगरी अल अखडोउडको भने ३१ खेलमा २८ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ । अब अल नासरले यस सिजनका तीन खेल खेल्न बाँकी रहेको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
June 08, 2025
June 05, 2025
June 04, 2025
May 19, 2025
May 10, 2025
May 09, 2025
May 06, 2025
May 05, 2025
April 28, 2025
April 23, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .