इ चितवन खबर
May 19, 2025
काठमाडौं । आइसिसी महिला टी–२० विश्वकपको एसियावाट नेपाल ग्लोबल छनोटमा परेको छ । आज भएको खेलमा सुपर–३ मा पुग्न सफल युनाइटेड अरब इमिरेटस (युएई) लाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको हो ।
आज भएको सुपर–३ अन्तर्गतको दोस्रो खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहदैँ ग्लोबल छनोटमा प्रवेश गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
यसअघि युएईले नेपाल सामु १ सय १५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । युएईले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले ३ बल बाँकी रहँदा पाँच विकेट गुमाउँदै पूरा गरेकाे हाे ।
नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३०, रुविना क्षेत्रीले २३, सम्झना खड्काले २१ र पूजा महतोले १३ रन बनाउन सफल भएका थिए भने जवाफमा युएईका लागि मिसेल बोथ, सुरक्षा कोटे, वैष्णभी महेश र कप्तान इशा ओजाले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रनको योगफल तयार पारेको थियो । युएईका लागि इशा ओजाले ३९, तीर्थ सतिशले २१, हिना होटचन्दनीले २० र लाभन्या केनीले १२ रन बनाए ।
नेपालका लागि मनिषा उपाध्यायले चार, कविता कुँवरले दुई तथा राजमति ऐरीले एक विकेट लिए । अब नेपालले सुपर-३ को आफ्नो दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डको सामना गर्नेछ ।
यो खेलमा जित निकाल्ने टोलीले आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने अवस्था थियो, त्यसैले दुवै टोली जित्नै पर्ने दबाबमा आजको खेल खेलिरहेको थिए ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
July 20, 2026
July 12, 2026
June 23, 2026
June 17, 2026
June 16, 2026
June 12, 2026
February 24, 2026
February 21, 2026
February 17, 2026
December 12, 2025
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .