एनआरएनए दक्षिण अष्ट्रेलिया राज्य संयोजक पदमा थिर गुरुङको उम्मेदवारी घोषणा

इ चितवन खबर

June 03, 2025

अष्ट्रेलिया। दक्षिण अष्ट्रेलियामा बसोबास गरिरहेका लामो समयदेखि सामाजिक सेवामा सक्रिय थिर गुरुङले आउँदो जुलाई २६ मा हुने एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा राज्य संयोजक पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

 

१८ वर्षदेखि अष्ट्रेलिया बसोबास गरिरहेका गुरुङले एनआरएनएसहित विभिन्न नेपाली संघसंस्थामा सक्रिय स्वयंसेवकको रूपमा काम गर्दै आएका छन्। उनले पारदर्शिता, जवाफदेहिता, र समावेशीताको मूलमन्त्रका साथ नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनी भन्छन्, “एनआरएनए कुनै व्यक्ति विशेषको संस्था होइन, यो हामी सबैको साझा घर हो।”

 

गुरुङको प्राथमिकतामा सामुदायिक हल स्थापनाका लागि पहल, दोस्रो पुस्ताका बालबालिकाको प्रतिभा उजागर गर्ने कार्यक्रम, विद्यार्थी सहयोग, आपतकालीन सहायता, तथा नेपाली खेलकुद र व्यवसायिक क्षेत्रसँग सहकार्यजस्ता कार्यसूची छन्। साथै, उनले एनआरएनएको गतिविधि र इतिहासलाई समेट्ने पुस्तक प्रकाशन गर्ने योजनासमेत प्रस्तुत गरेका छन्।

 

“पद भनेको सेवाको माध्यम हो, नेतृत्व भनेको सहकार्य र विश्वास हो,” भन्दै उनले सबैलाई एकताबद्ध भएर नेपाली समुदायको हितका लागि काम गर्न आह्वान गरेका छन्। गुरुङ हाल एनआरएनए अस्ट्रेलियाका वर्तमान कार्यसमितिका सचिव समेत हुन्। गुरुङले दक्षिण अष्ट्रेलियावासी सबै नेपालीहरूको साथ, समर्थन र विश्वासको अपेक्षा राखेका छन्।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

November 14, 2025

चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’

November 14, 2025

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

November 14, 2025

विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस मनाइँदै

November 14, 2025

भयरहित समाज निर्माण गर्न प्रतिबद्ध छु : महानिरीक्षक दानबहादुर कार्की

November 14, 2025

होटल पौवाको १६औं शाखा भरतपुरमा

November 13, 2025

कर विवरण नबुझाउने करदातासँग प्रत्यक्ष सम्पर्क अभियान

November 13, 2025

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

November 13, 2025

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र

November 13, 2025

सुनचाँदीको मूल्य बढ्यो

November 13, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .