इ चितवन खबर
June 19, 2025
चितवन । भरतपुर-६, चितवनमा रहेको पारिजात सेकेण्डरी ई. बाे. स्कुलले नेपाल स्काउटको ७४ औँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रमका साथ मनाइएको छ ।
कार्यक्रम पारिजात सेकेण्डरी ई. बाे. स्कुलका संचालन समितिका अध्यक्ष माेहन राउतकाे अद्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि भरतपुर वडा नम्बर ६ का वडाका प्रतिनिधि रुद्र अधिकारी, स्कुलका प्राचार्य अरबिन्द प्रताप राणा, स्काउटर राेभर लिडर तथा भरतपुर महानगर स्थानीय स्काउट आयुक्त उपेन्द्र घिमिरे लगायतले स्काउटको महत्व तथा नेपाल स्काउटले विभिन्न क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि भरतपुर वडा नम्बर ६ का वडाका प्रतिनिधि रुद्र अधिकारीले नेपाल स्काउटका माध्यमबाट समाजका विसंगती हटाउन, विपत् व्यवस्थापन गर्न र सभ्य समाज निमार्ण गर्न जनशक्ति उत्पादनमा सहयोग पुगेको उहाँले बताउनु भयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यलाईका प्रमुखले लागू पदार्थ तथा सुर्तीजन्य पदार्थको प्रयाेग र असर सम्बन्धि समुदाय र प्रहरी बिच अन्तर्क्रिया, सेवा, अनुशासन र नेतृत्व" काे मुल मन्त्रलाई आत्मसाथ गर्दै हामीले आजकाे दिन आत्मचिन्तन, आत्मसुधार र समाजसेवाकाे संकल्पका साथ अगाडि बढ्दै जानू पर्ने धारणा राख्नु भयो ।
नेपाल स्काउटको स्थापना विक्रम सम्वत २००९ असार ५ गते भएको हो । हरेक असार ५ गते नेपालमा स्काउट दिवस मनाउने गरिन्छ । नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा अत्यधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको हो ।
कार्यक्रममा विभिन्न संघ/संस्थाका प्रतिनिधिहरु, बजार ब्यबस्थापन, टाेलका प्रतिनिधिहरु, आमा समूह, सुरक्षाकर्मी लगायत स्काउटका भाइबहिनीहरुको सहभागीता रहेको थियो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
October 06, 2026
October 06, 2026
October 06, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .