इ चितवन खबर
June 20, 2025
काठमाडौं। हामी मध्ये धेरैले बिना सोचेरै कपास बड वा धारिलो वस्तुले कान सफा गर्न थाल्छौं, जसले प्रतिकूल हानि पु-याउन सक्छ । तर, केही सजिलो र प्रभावकारी घरेलु उपचारले कानको फोहोर सजिलै हटाउन सकिन्छ र त्यो पनि सुरक्षित तरिकाले, त्यसैले आउनुहोस् कान सफा गर्ने केही घरेलु उपायहरू बारे जानौं, जुन पूर्ण रूपमा सुरक्षित मानिएका छन्।
मनतातो नरिवलको तेल : नरिवलको तेललाई अलिकति तातो बनाउनुहोस् । ड्रपरको सहायताले २–३ थोपा कानमा हाल्नुहोस् र टाउकोलाई ५ मिनेटसम्म एकतर्फ झुकाएर राख्नु होस्। यसपछि यसलाई कपासले सफा गर्नुहोस्। यो तेलले कानमा जम्मा भएको इयरवाक्सलाई नरम बनाउँछ, जसले गर्दा सजिलै बाहिर निस्कन्छ।
जैतुनको तेल : राति सुत्नुअघि २ थोपा जैतुनको तेल कानमा हाल्नुहोस् । यसपछि यसलाई कपासले सफा गर्नुहोस्। यसले इन्फेक्सनबाट पनि जोगाउँछ र कानको छालालाई मोइश्चराइजसमेत गर्दछ ।
हाइड्रोजन पेरोक्साइड र पानीको मिश्रण : हाइड्रोजन पेरोक्साइड र पानी बराबर मात्रामा मिलाएर ड्रपरको साथ कानमा हाल्नुहोस्। २–३ मिनेट पछि आफ्नो टाउको झुकाउनु होस् र यसलाई सफा गर्नुहोस्। हप्तामा एक पटक भन्दा बढी प्रयोग नगर्नुहोस्।
नुन र मनतातो पानी : तातो पानीमा एक चम्चा नुन घोल्नु होस्। कपासको बलले कानमा केही थोपा हाल्नुहोस् र केही समयपछि सफा गर्नुहोस्। यो सस्तो र सरल समाधानले कानको कोमल सफाईमा मद्दत गर्दछ।
बाफ लिने : तातो पानीको बाफ लिनुहोस् वा तौलियाले आफ्नो टाउको छोप्नुहोस् । यसले गर्दा कानको फोहोर खुकुलो भएर आफै बाहिर निस्कन्छ । यो विधि पूर्णतया प्राकृतिक छ र कानलाई आरामसमेत दिन्छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 30, 2025
August 25, 2025
August 23, 2025
August 21, 2025
August 13, 2025
August 07, 2025
August 06, 2025
July 28, 2025
July 28, 2025
July 26, 2025
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .