इ चितवन खबर
June 23, 2025
चितवन। ३९ औँ एसओएस दिवसको अवसरमा आयोजित १९औँ अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा ओम शान्ति एकेडेमी प्रथम भएको छ । त्यसैगरी उक्त प्रतियोगिताको द्वितीय स्थान प्रेरणा इङ्लिस स्कुलले प्राप्त गरेको छ भने डेजी इङ्लिस स्कुलले तृतीय स्थान हासिल गरेको छ ।
जिल्लाभरिका ५९ विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रम एसओएस हर्मन माइनर विद्यालय भरतपुरका प्रधानाध्यापक खिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । सहायक प्रधानाध्यापक मनोज क्षेत्रीले समन्वय गर्नुभएको उक्त कार्यक्रममा एसओएस बालग्राम भरतपुरका निर्देशक राजेन्द्र लम्साल प्रमुख अतिथि रहनुभएको थियो ।
शिक्षक अभिभावक सङ्घका अध्यक्ष नारायणप्रसाद न्यौपाने अतिथिका रुपमा रहनु भएको उक्त कार्यक्रममा पहिलो चरणको प्रतियोगिताबाट सर्वोच्च अङ्क प्राप्त गर्ने ६ वटा समूहहरू दोस्रो चरणमा प्रवेश गरेका थिए । विजयी प्रथम, द्वितीय र तृतीयलाई प्रमाणपत्रसहित नगद पुरस्कार क्रमश: १० हजार, ८ हजार र ६ हजार प्रदान गरिएको छ भने ओमशान्ति एकडेमीले च्याम्पियन ट्रफी समेत प्राप्त गरेको छ ।
कार्यक्रमको बीचमा गत शैक्षिक सत्रका कक्षा १ देखि ११ सम्मका उत्कृष्ट अंक प्राप्त गर्ने कुल ७१ जना विद्यार्थीहरूलाई प्रमाणपत्र तथा ट्रफी समेत वितरण गरिएको थियो । ३९ औ एसओएस दिवसको अवसरमा एसओएस युवालय भरतपुरको समन्वयमा शनिबार खुला रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको युवालयका प्रमुख कुसुम गिरीले जानकारी दिनुभयो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 19, 2026
August 14, 2026
August 13, 2026
August 12, 2026
August 12, 2026
August 12, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .