इ चितवन खबर
June 25, 2025
चितवन । हेल्थ हसिस्टेण्ट कार्यक्रम संचालन गरेको पहिलो ब्याचमै बालकुमारी कलेज उत्कृष्ट भएको छ । नारायणघाटमा रहेकको पब्लिक कलेज बालकुमारीमा उत्तिर्ण प्रतिशतको आधारमा बाग्मती प्रदेशमा उतकृतट नतिजा ल्याउन सफल भएको छ ।
बागमती प्रदेशका सिटिईभिटिबाट सम्बन्धन पाएका ३६ वटा कलेज मध्ये बालकुमारी कलेज दोस्रो भएको हो । कलेजले २०८०/८१ बाट स्वास्थ्य संकाय अन्र्तगत एचएको पढाई सुरु गरेको हो । चितवन जिल्लामा बालकुमारी दोस्रो भएको छ । हालै प्रकाशित नतिजा अनुसार बालकुमारी कलेजमा ७७.७८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका हुन् । एचएको परिक्षाफलमा कलेजको ब्यवस्थापन , अभुभवि शिक्षक र सुविधासम्पन्न प्रयोगशालाको कारण नतिजा राम्रो आएको स्वास्थ्य संकायका प्रमुख अभय कुमार पण्डितले बताए ।
चितवनको पुरानो सामुदायीक कलेज भएपनि एचएमा भर्खरै पढाई सुरु गरेपछि पाएको सफलताले उत्साह जगाएको कलेजका अध्यक्ष प्रमोद कुमार श्रेष्ठले बताए ।
गुणस्तरीय पढाई भएकै कारण धेरै विद्यार्थी उत्तिर्ण भएको कलेजको दावी छ । कलेजका प्रिन्सिपल जगदीश्यवर खनालले एसईई दिएका विद्यार्थीको रोजाई बालकुमारी रहेको बताउँदै अन्यज्ञ भन्दा सस्तोमा पढाई भएको बताए ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 07, 2026
October 07, 2026
October 06, 2026
October 06, 2026
October 06, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .