इ चितवन खबर
June 28, 2025
चितवन। नेकपा (एमाले) राप्ती नगरपालिका वडा नम्बर ६ कमिटी चितवनले अशक्त परिवारका लागि घर निर्माण गरिदिएको छ । राप्ती ६ मुडाभारका सुरदेश र सृष्टिी महतोको परिवारका लागि घर निर्माण गरिएको हो । निर्माण सम्पन्न भएपछि शुक्रबार एक कार्यक्रमका बीच एमालेले परिवारलाई घर हस्तान्तरण गरेको छ । सो घरको शिलान्यास बैशाख १८ गते परेको श्रमिक दिवसको दिन गरिएको थियो ।
नेकपा एमालेले सञ्चालन गरेको जरा अभियान अन्तर्गत महतो परिवारलाई आवास निर्माण गरेर हस्तान्तरण गरिएको एमाले चितवनका जिल्ला कमिटी सदस्य एवम् राप्ती ६ इन्चार्ज उत्तम सेढाइले जानकारी दिए । स्थानीय नेता कार्यकर्ताको आर्थिक सहयोग एवम् श्रमदान र पार्टी पंक्तिको सहयोगमार्फत घर निर्माण गरिएको सेढाईले जानकारी दिए ।
घर हस्तान्तरण कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य प्रभा बराल, एमाले बागमती प्रदेश उपाध्यक्ष दावा दोर्जे लामा, एमाले चितवनका अध्यक्ष कमल पाठक लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । हस्तान्तरण कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य बरालले एमाले पार्टी जनताको सुखदुखको साथी रहेको बताउँदै यस्ता अनुकरणीय कामले पार्टीलाई थप मजबुत बनाउँदै लग्ने बताइन् । उनले जनतासँग निरन्तर सम्पर्कमा रहन स्थानीय नेता कार्यकर्तालाई निर्देशन समेत दिएकी छन् ।
जिल्ला कमिटी सदस्य सेढाईको अध्यक्षतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा राप्ती ६ का वडा कमिटी अध्यक्ष शिव नारायण चौधरीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सुजन थापाले गरेका थिए । राप्ती नगरपालिका ६ वडा कमिटी पार्टी राजनीतिसँगै सामाजिक काममा पनि बढी सक्रिय हुँदै आएको छ । वडा कमिटीले गत जाडोमा राष्ट्रिय आधारभुत विद्यालय राप्ती ६ पडरियामा न्यानो कपडा एवम् शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 19, 2026
August 14, 2026
August 13, 2026
August 12, 2026
August 12, 2026
August 12, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .