देशको आवश्यकता अनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

इ चितवन खबर

July 03, 2025

बैतडी। गृहमन्त्री रमेश लेखकले देशको आवश्यकताअनुसार दुई ठूला दल मिलेको स्पष्ट पार्नुभएको छ । बैतडी आइपुग्नुभएका लेखकले आयोजित अन्तक्र्रियामा देशको आवश्यकताअनुसार नै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर गठबन्धनको सरकार बनेको हो भन्नुभयो ।

    
उहाँले भन्नुभयो, “दुई ठूला दल मिलेर गठबन्धन बनेको छ । जसका लागि सातबुँदे सहमति गरेका छौँ । गठबन्धन बनाइसकेपछि इमानदारीपूर्वक बस्नुपर्छ ।” केही कठिनाइ जटिलता भए पनि त्यसको समाधानमा सरकार लागिपरेको मन्त्री लेखकले बताउनुभयो ।

    
गठबन्धन सरकारप्रति जनताको थुप्रै आशा र चाहना भए पनि सबैकुरा पूरा हुन नसकेका बताउँदै उहाँले ती आशा र चाहना पूरा गर्न सरकार लागिपरेको बताउनुभयो । गृहमन्त्री लेखकले भन्नुभयो, “सरकारले आमनागरिकका सबै चाहना पूरा गर्न सकेको छैन । केही निराशा र चिन्ता पनि छ । हामीले असल र राम्रा काम गर्नुपर्छ ।” कैलालीको गेटामा नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय यो सरकारले बनाउने निर्णय सुदूरपश्चिमका लागि राम्रो पक्ष रहेको मन्त्री लेखकले बताउनुभयो ।

    
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा पुल बन्न आवश्यक रहेको र यसका लागि सरकारले लाग्नुपर्नेमा उहाँको जोड थियो । यो संविधान लामो सङ्घर्षबाट आएकाले कसैले यो संविधान र व्यवस्थाविरूद्ध हिँड्नु दिवा सपना हुने उहाँले बताउनुभयो । गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोप राजनीतिक षड्यन्त्र रहेको स्पष्ट पार्दै यस्तो गलत प्रचारको पछि नलाग्न आग्रह गर्नुभयो ।

    
यस्तै, कार्यक्रममा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बैतडीको समग्र विकासका लागि ध्यानाकर्षण गराउनुभयो ।सभापति चन्दले बैतडी क्रिकेटको उर्वरभूमि रहे पनि उपयुक्त खेलमैदान नहुँदा भएको समस्या, झुलाघाट नाकाका पुल बन्नुपर्ने, पाटन विमानस्थल सञ्चालन सञ्चालन हुनुपर्ने, महाकाली करिडोरमा बजेट कम परेकोलगायत विषयमा ध्यानाकर्षण गराउनुभयो । 

    
यसका साथै गृहमन्त्री लेखकलाई पाटन नगरपालिकाको समग्र विकासका लागि नगरप्रमुख गौरीसिंह रावलले ज्ञापनपत्रसमेत बुझाउनुभएको छ । दुई ठूला दल मिलेर बनेको गठबन्धन सरकारप्रति नागरिकको असन्तुष्टि बढेकाले यसको समाधान गर्न अन्तरक्रियामा सहभागी नेता कार्यकर्ताले आग्रह गरेका छन् । गृहमन्त्री भएपश्चात् लेखक पहिलोपटक जन्मघर बैतडी पुग्नुभएको हो ।


# चितवन खबर # राजनीति

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .