इ चितवन खबर
July 04, 2025
चितवन। यहाँको विभिन्न स्थानमा धानको ब्याड अनुगमन गर्दा आवश्यक खाद्य तत्व जिंकको कमीले लाग्ने खैरा रोग र गवाराको प्रकोप देखिएको छ । कृषि विकास कार्यालय चितवनको प्राविधिक कार्य समूहले सो अनुगमन गरेको हो । कार्यालयकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार हाल रोपाइँको तयारी भइरहेका खेत तथा बीउको ब्याडमा जिंक तत्वको कमीका कारण खैरा रोग देखिएको छ । गवारोको संक्रमणसमेत पाइएको छ ।
जिंकको कमी हुँदा बोटको फेदतिरको पात पहेँलिने, खैरा थोप्ला देखिने, विस्तारै पात पूरै खैरो वा रातो भएर सुक्ने र धानमा गाँज नलाग्ने कृषि प्राविधिकहरु बताउँछन् । “बीउ राख्ने बेलामै जिंक सल्फेट माटोमा हाल्नुपर्ने हो”, चौहानले भन्नुभयो, “तर अब ढिलो भइसकेकाले किसानले जिंकलाई पानीमा घोलेर स्प्रे गर्नुपर्ने हुन्छ ।”
उहाँका अनुसार पानीको अभाव हुने तथा रासायनिक मल असन्तुलित रूपमा प्रयोग गरिएका तथा एउटै खेती लगातार धेरै वर्ष लगाइरहने खेतहरूमा यस्ता रोग र कीराको प्रकोप बढी देखिन्छ । चौहानका अनुसार गवारो धानको प्रमुख पिराहा कीरा हो, जसको लार्भाले गुवो खाएर बीउलाई नोक्सान पु-याउने गर्छ । पहेँलो र सेतो गवारो विशेष रूपमा धानमा क्षति पु-याउने कीरा हुन् । ब्याडमा गबारोको प्रकोप देखिएको र यसले उत्पादनमा असर गर्न सक्ने उहाँले बताउनुभयो ।
अधिकृत चौहानले खैरा रोग नियन्त्रणका लागि जिंक सल्फेट २० ग्राम र चुन १२ ग्रामलाई ५० लिटर पानीमा मिसाइ स्टिकर थपेर एक रोपनी खेतमा छर्कनु पर्ने र ७ दिनको फरकमा दोहो¥याउन उपयुक्त हुने बताउनुभयो । जिल्लामा हाल २७ हजार २०७ हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुँदै आएको छ । धानको औसत उत्पादकत्व प्रतिहेक्टर ४.२ मेट्रिकटन रहेको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 07, 2026
October 07, 2026
October 06, 2026
October 06, 2026
October 06, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .