इ चितवन खबर
July 06, 2025
चितवन। उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक सङ्घले घोषणा गरेको चरणबद्ध आन्दोलन अन्तर्गत आज यहाँको भरतपुर अस्पतालमा चिकित्सकले धर्ना दिएका छन् । चिकित्सकसँग निजी अस्पताल सञ्चालक, नर्सलगायत स्वास्थ्य क्षेत्रका सरोकारवालाले ऐक्यबद्धता जनाउँदै धर्ना दिएका हुन् ।
चितवनका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक भरतपुर अस्पतालमा जम्मा भएर एक घण्टा धर्ना दिएका थिए । धर्ना कार्यक्रममा नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा उमेश नेपाल, भरतपुर अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष डा भोजराज अधिकारी, सङ्घका उपाध्यक्ष एवं भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष डा दिपेन्द्र न्यौपाने, निजी अस्पताल समन्वय समिति (अफिन) चितवनका अध्यक्ष विक्रम अधिकारी, नेपाल नर्सिङ सङ्घका केन्द्रीय उपाध्यक्ष बबिता घिमिरे लगायतले बोल्नु भएको थियो । उहाँहरुले माग पूरा नहुञ्जले आन्दोलन जारी रहने भन्दै चिकित्सकीय सेवालाई उपभोक्ता अदालत लैजान नहुने बताउनुभयो ।
सङ्घका सचिव डा महेन्द्र अग्रहरीका अनुसार कार्यक्रममा चितवन मेडिकल कलेज शिक्षण अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललगायत निजी र सरकारी अस्पतालका चिकित्सक सहभागी हुनुहुन्थ्यो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
July 01, 2026
July 01, 2026
June 30, 2026
June 30, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .