इ चितवन खबर
July 15, 2025
चितवन। तमू (गुरुङ) सघ नेपाल, चितवनले किशोर गुरुङको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । प्रथम ऐतिहासिक जिल्ला अधिबेशनले किशोर गुरुङको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा अग्रज नेता टेकप्रसाद गुरुङ्गको प्रमूख अतिथ्यता भएको भेलाले उपाध्यक्षमा लेखबहादुर गुरुङ, सचिवमा निर कुमार गुरुङ र सहसचिवमा बिशु लामा गुरुङलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा हर्क सिह गुरुङ, हेमजङ गुरुङ, ईन्दु गुरुङ, दिल बहादुर गुरुङ, गोमा गुरुङ, बिनोद जङ्ग गुरुङ, बालकुमारी गुरुङ, बिमला गुरुङ, दुर्गा गुरुङ र साबित्री गुरुङ निर्वाचित हुनु भएको छ ।
जिल्ला अधिबेशनको समुद्घाटन कार्यक्रममा चितवनका बिभिन्न पालिकाहरुमा गुरुङ समुदायबाट निर्वाचित वडा अध्यक्षहरु, भरतपुर २९ का क्याप्टेन सुर्यबहादुर गुरुङ र खैरहनी ३ का पूर्णबहादुर गुरुङलाई फेटा लगाएर सम्मान गरिएको गरिएको थियो ।
अधिबेशनको दोश्रो सत्रमा निर्वाचनको कार्यक्रम गरिएको थियो, निर्वाचन समितिका सयोजक एवम् निर्वाचन अधिकृत देवेन्द्र बहादुर गुरुङले निर्वाचनको प्रकृयामा सहमति जुटेपछि तमू (गुरुङ) सघ नेपाल चितवनको जिल्ला कार्यसमितिको निर्वाचनको सर्वसम्मत परिणाम घोषणा गर्नुभएको थियो भने सस्थाको बिधान बमोजिम नव निर्वाचित भएका पदाधिकारी एवम् सदस्यहरुलाई सपथ पनि खुवाउनुभएको थियो।
तमू (गुरुङ) सघ नेपाल चितवन जिल्ला तदर्थ समितिका अध्यक्ष किशोर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथि काग्रेसका केन्द्रीय सदस्य गुरुङ, बागमति प्रदेश सभा सदस्य गिता गुरुङ, बागमति प्रदेश सभा सदस्य एव्म पूर्वमन्त्री उत्तम जोशी, भरतपुर महानगरपालिकाका उपप्रमूख चित्रसेन अधिकारी, ईच्छाकामना गाउपालिकाकी निवर्तमान अध्यक्ष गीता गुरुङ, काग्रेस चितवनका पूर्व सभापति तोपमान गुरुङ, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेपाली काग्रेस चितवनका सभापति राजेश्वर खनाल, तमू (गुरुङ) सघ नेपाल का केन्द्रीय अध्यक्ष भुवन सिह गुरुङ, नेपाल लोकतन्त्रबादि आदिबासी जनजाती महासघका केन्द्रीय सदस्य महेन्द्र थापा, निर्वाचन उपसमितिक सयोजक दुर्गा बहादुर गुरुङ, महासमिति सदस्य देबेन्द्र बहादुर गुरुङ, महाधिबेशन प्रतिनिधि कर्णबहादुर गुरुङ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 19, 2026
August 14, 2026
August 13, 2026
August 12, 2026
August 12, 2026
August 12, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .