पशुपतिनाथ मन्दिरसहित शिवालयमा भक्तजनको भीड

इ चितवन खबर

July 17, 2025

काठमाडौँ। सौरमास अनुसार साउन महिना लागेसँगै पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको महिना भएकाले पूजा आराधना एवं दर्शनका लागि पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको हो । बिहान चार बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो । पशुपतिनाथका चार ढोका बिहान चार बजेदेखि नै भक्तजनका लागि खुला गरिएको थियो ।

 
पशुपति क्षेत्रमा आजदेखि नै चार वटा ठूला कार्यक्रम पनि सुरु भएकाले पनि बिहानै देखि लाखौँ भक्तजनको भीड देखिएको उहाँले जानकारी दिनुभयोे । ती कार्यक्रमका कलश यात्रालगायत कार्यक्रम र पशुपतिनाथको साउनमा हुने नियमित पूजा आजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको हो । 


साउन महिनाको पनि सोमबार र शनिबार पशुपति क्षेत्रमा भक्तजनको धेरै भीड हुने गर्छ । आजदेखि नै पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको पनि सदस्य सचिव जोशीले जानकारी दिनुभयो । पशुपति क्षेत्रमा सोमबार र शनिबार भक्तजनको धेरै भीड लाग्ने गर्छ । सोमबार र शनिबारका लागि स्वयंसेवक खटाउने तयारी पनि कोषले गरेको छ । 

 
पशुपतिनाथसँगै काठमाडौँ उपत्यकाभित्रका शिवालयहरु गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रमा रहेको सानो पशुपतिनाथ भनिने मक्खन महादेवलगायत साना ठूला शिवालयमा पनि भक्तजनको भीड लागेको छ । चान्द्रमास अनुसार असार २७ गते शुक्रबारदेखि नै साउन महिना लागिसकेको छ । यस वर्ष साउन महिनामा चार वटा सोमबार परेको छ । यसैगरी पाँच वटा शनिबार परेको छ । यसैगरी पाँच  शनिबार परेको छ ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .