भरतपुर अस्पतालमा नाबालिका मृत्यु प्रकरण : एमाले स्वास्थ्य विभाग चितवनको गम्भीर ध्यानाकर्षण

इ चितवन खबर

July 18, 2025

चितवन । भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर नाबालिकाको मृत्यु भएकोप्रति नेकपा एमाले चितवन स्वास्थ्य विभागले गम्भीर ध्यानाकर्षण जनाएको छ ।


स्वास्थ्य विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बालबालिकाहरुका लागि खेल्न बनाइएको चिल्ड्रेन पार्कको आडैमा निर्माण गरिएको ढक्कनसमेत खुल्ला छोडिएको सो सेफ्टी ट्याङ्कीमा परी भरतपुर अस्पतालमै कार्यरत कर्मचारी दुर्गा वयाम्बो मगर (वकास मगर) की पाँच वर्षीय नाबालिका छोरी अन्जना मगरको मृत्यु भएको घटनाले अस्पताल प्रशासनको गम्भीर लापर्वाही देखिएको छ ।’


अस्पताल जस्तो संवेदनशील स्थानमा बालबालिकाका खेल्ने पार्कको नजिकै निर्माण गरिएको ट्याङ्कीको ढक्कन खुल्ला छोडिनु लापर्वाहीको पराकाष्टा नै रहेको विभागको ठहर छ ।
घटनालाई ढाकछोप गर्न पीडित परिवारलाई अनावश्यक दबाब र अमूर्त आश्वासन दिएको भन्ने विषय प्रति पनि आफ्नो गम्भीर ध्यानाकर्षण रहेको र केन्द्रीय स्तरको अस्पतालमा न्यूनतम सुरक्षा मापदण्डको समेत ख्याल नगरिनु दुःखको कुरा रहेको स्वास्थ्य विभागका प्रमुख प्रकाश भट्टले विज्ञप्ति मार्फत जनाएका छन् ।


उक्त विषयमा निष्पक्ष छानविन गरी कारबाही गर्न, मृतक बालिकाको परिवारलाई उचित क्षतिपूर्ति भरण गर्न र अस्पताल कम्पाउण्डभित्र पुर्याउनुपर्ने सुरक्षा मापदण्डका न्यूनतम सर्तहरूको पालना गरी अबका दिनमा यसप्रकारका ज्यानै जानेखालका घटना दोहोरिन नदिन नेकपा (एमाले) चितवन स्वास्थ्य विभागले सम्बन्धित पक्षलाई सचेत गराएको छ ।


यसका साथै एमालेको अनेरास्ववियु चितवन र राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीले पनि एक विज्ञप्ति जारी गर्दै अस्पताल प्रशासनको लापरबाहीका कारण घटना हुन पुगेको बताएको छ । अनेरास्ववियु र युवासंघले आज एक विज्ञप्ति जारी गरी अस्पताल विकास समितिका अध्यक्ष र मेसुको राजीनामा माग्दै सत्यतथ्य छानबिन गरी दोषी उपर कारबाही गर्न माग गरेका छन् ।

 


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .