रामकृष्ण अनायासको गजलसङ्ग्रह ‘अनायास’ को मकवानपुरमा विमर्श

इ चितवन खबर

July 20, 2025

मकवानपुर । गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासको गजलसङ्ग्रह ‘अनायास’ विषयक विमर्श कार्यक्रम मकवानपुरमा सम्पन्न भएको छ।


गजल मञ्च मकवानपुरको २२६औँ गजल यात्राअन्तर्गत साहित्य सङ्गम मकवानपुरको हलमा शनिबार आयोजित उक्त कार्यक्रम मञ्चका अध्यक्ष सञ्जित श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा बोल्दै युवा गजलकार विश्वनाथ सञ्जेलले रामकृष्ण अनायासका गजलहरू युवावयका कथाहरूलाई सजीव चित्रण गर्ने र समसामयिक विषयवस्तुमा तीक्ष्ण प्रहार गर्ने खालका रहेको उल्लेख गर्दै प्रशंसा गर्नुभयो। उनले भन्नुभयो, “सङ्ग्रहमा युवावयका कथाहरू सशक्त रूपमा अभिव्यक्त भएका छन्। गजलहरूले बेथितिमाथि गहिरो प्रहार पनि गरेका छन्।”


त्यसैगरी, गजल मञ्च चितवनका पूर्व अध्यक्ष एवं समालोचक रमेश प्रभातले ‘अनायास’ गजलसङ्ग्रहको सफलताको शुभकामना व्यक्त गर्दै नेपाली गजल लेखनको परम्परा र यसको विकासक्रमबारे चर्चा गर्नुभयो।


कार्यक्रमका प्रमुख आकर्षणमध्ये एक रहे, स्वयं रामकृष्ण अनायासद्वारा भर्खर प्रकाशित कृति ‘अनायास’ बाट आधा दर्जन गजलहरूको वाचन। उनका गजलहरू खचाखच भरिएको हलमा गुन्जिँदा ताली र ‘वा वा’ को गुञ्जनले वातावरण उत्साहपूर्ण बनेको थियो।


गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष देवराज तिवारीले शुभकामना मन्तव्यसहित गजल प्रस्तुत गर्नुभएको थियो। उपाध्यक्ष हरि पौडेलले स्वागत मन्तव्य राख्नुभएको यस कार्यक्रमलाई कमल नेपाल र गौरी कँडेलले कुशलतापूर्वक सहजीकरण गर्नुभएको थियो भने गजल मञ्च चितवनका नि वर्तमान अध्यक्ष लेखराम सापकोटाले शुभकामना मन्तव्य राखेका थिए  ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छ : राष्ट्रपति

October 08, 2026

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ः०० देखि

October 08, 2026

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा

October 07, 2026

कांग्रेसको १५औँ महाधिवेशन : बिहीबार बिहान १० बजेदेखि मतदान

October 07, 2026

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

October 06, 2026

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

October 06, 2026

कांग्रेस १५ औँ महाधिवेशन : मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

October 06, 2026

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : संयोजक दाहाल

October 04, 2026

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .