इ चितवन खबर
July 24, 2025
क्यानडा । ब्राम्टन शहर निवासी मृदुभाषी समाजसेवी सागर गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएन) क्यानाडाको आगामी कार्यकाल २०२५–२०२७ का लागि सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि नेपाली समुदायको सेवा र सशक्तिकरणमा क्रियाशील गुरुङले “एकतावद्ध नेपाली, सशक्त प्रवासी” भन्ने नाराका साथ आफ्नो उम्मेदवारी अघि सारेका हुन्।
गुरुङले एनआरएन क्यानाडाको दृष्टिकोण, मिशन र उद्देश्यप्रति आफू पूर्ण प्रतिबद्ध रहेको जनाउँदै, क्यानडामा रहेका नेपालीहरूको हक, हित र पहिचानलाई अझ सुदृढ बनाउने अठोट व्यक्त गरेका छन्।
नेपालीज कम्युनिटी नेटवर्क अफ क्यानडा (NCC) मा सक्रिय सदस्यका रूपमा कार्यरत गुरुङले नेपाली भाषा, संस्कृति र सामाजिक एकता प्रवर्द्धनमा उल्लेखनीय योगदान दिँदै आएका छन्। विशेषगरी ब्राम्टनमा स्थापना गरिएको सगरमाथा पार्क निर्माणमा उनको भूमिका उल्लेखनीय रहेको छ, जुन अहिले सम्पूर्ण क्यानडावासी नेपालीहरूको साझा गर्वको विषय बनेको छ।
सामाजिक संघसंस्था र सरकारी निकायहरूसँग सहकार्य गर्दै नेपाली समुदायको हक र पहुँच अभिवृद्धिमा क्रियाशील गुरुङले एनआरएन क्यानाडाको माध्यमबाट सामाजिक, सांस्कृतिक र आर्थिक उन्नयनमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।उनको सकारात्मक सोच, दूरदृष्टि र सेवाभावप्रति व्राम्टन शहरका नेपाली समुदायले उत्साहजनक समर्थन जनाएका छन्। उम्मेदवारी घोषणासँगै नेपाली डायस्पोरामा सहभागिता र अग्रसरताको नयाँ आशा पलाएको देखिएको छ।
एनआरएन क्यानाडा निर्वाचन २०२५–२०२७ नजिकिँदै गर्दा सागर गुरुङको उम्मेदवारीले नेपाली समुदायभित्र नयाँ उर्जा र जागरण ल्याएको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 14, 2026
August 13, 2026
August 12, 2026
August 12, 2026
August 12, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .