बोस्टन इन्टरनेशनल कलेजमा नवप्रवर्तनको उत्सव-प्रोजेक्ट र कला प्रदर्शनी हुँदै

इ चितवन खबर

July 27, 2025

चितवन । शिक्षा सिर्जनशीलता र उद्यमशीलताको संगमका रूपमा परिचित बोस्टन इन्टरनेशनल कलेज भरतपुरले ‘Project Exhibition V 4.0 – Learning by Building Projects’ र ‘Art Fusion 1.0 – Colours of Expression’ आयाेजना गर्ने भएकाे छ । कलेजले पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो ।


कलेजका आरएमसी विभाग प्रमुख डा. सुनिल पोखरेलले कार्यक्रममा सहभागी विद्यार्थीहरूको सिर्जनशीलता व्यवहारमा रूपान्तरण गर्ने उद्देश्य राखिएको जानकारी दिँदै भने:”हामी विद्यार्थीहरूलाई सोच मात्र गर्न होइन, समस्याको व्यवहारिक समाधान निकाल्न उत्प्रेरित गर्न चाहन्छौं। यस कार्यक्रममार्फत उनीहरूले अनुसन्धान, प्रयोग र प्रस्तुति तीनै तहमा सक्रिय सहभागिता जनाउन पाउँछन्।” Project Exhibition V4.0 मा सूचना प्रविधि, व्यवस्थापन, होटल व्यवस्थापन लगायत संकायका विद्यार्थीहरूले तयार पारेका २५ भन्दा बढी नवप्रवर्तन परियोजनाहरू प्रदर्शन गरिने छन्।

 


प्रदर्शनीमा समावेश प्रमुख परियोजनाहरूले विद्यार्थीहरूको गहिरो अनुसन्धान र व्यावहारिक सोचको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नेछन्। ‘Pariwartan’ नामक परियोजना डिजिटल समाज व्यवस्थापन प्रणालीको अवधारणामा आधारित छ, जसले स्थानीय प्रशासन र नागरिक सेवाहरूलाई प्रविधिमैत्री बनाउन सहयोग पुर्‍याउनेछ।


त्यस्तै, ‘Karma Yogi’ नामक प्लेटफर्मले व्यक्तिको सीप, रुचि र समाजसेवामूलक अभिप्रेरणालाई एकै ठाउँमा जोड्ने प्रयास गरेको छ, जसबाट सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन सकिनेछ। घरपालुवा जनावरको सुरक्षालाई ध्यानमा राखेर विकास गरिएको ‘Petify’ नामक प्रणालीले जनावरहरूको निगरानी, स्वास्थ्य र हेरचाह प्रविधिको माध्यमबाट गर्न सकिने उपाय प्रस्तुत गर्नेछ।


वातावरणीय सचेतनालाई प्रोत्साहित गर्ने उद्देश्यले तयार पारिएको ‘Aura’ परियोजनाले वायु गुणस्तर मापन गर्न सकिने स्मार्ट उपकरण प्रदर्शन गर्नेछ, जसले विशेष गरी शहरी क्षेत्रका बासिन्दालाई वायुप्रदूषणको अवस्थाबारे जानकारी दिन मद्दत गर्नेछ।


त्यस्तै Smart Wheelchair, SignTalk, Period Tracker, Club Connect, Gantabya, Stylenest, Mero Events, Sahara, Yatra जस्ता परियोजनाहरूले पनि सामाजिक र प्रविधिमा जोड दिनेछन्।कार्यक्रममा समावेश अर्को विशेष कार्यक्रम Demo Day V6.0 मा, कलेज अन्तर्गत सञ्चालित Boston Incubation for Growth (BIG) बाट तयार भएका स्टार्टअपहरूको प्रस्तुति हुनेछ।


यस अवसरमा Brikshya, Maali Dai र Weebmart नामक तीन स्टार्टअपले विश्वविद्यालय अनुदान आयोग (UGC) बाट क्रमशः रु ११ लाख, ८ लाख ५० हजार र ६ लाख २५ हजारको Startup Seed Fund जितेका छन्। त्यस्तै The Heritage Fade, The Vertical, Mugs and Mind जस्ता नव स्टार्टअपहरूले पनि कार्यक्रमलाई अझ आकर्षक बनाउनेछन्।


यसै अवसरमा आयोजना हुन गइरहेको Art Fusion 1.0 – Colours of Expression मा विद्यार्थीहरूले कला, चित्रकला, डिजाइन र रङमार्फत सामाजिक सन्देश र भावनात्मक अभिव्यक्ति प्रस्तुत गर्नेछन्।कार्यक्रमको मूल उद्देश्य विद्यार्थीहरूमा नेतृत्व विकास, नवप्रवर्तनशील सोच, सामाजिक योगदान र व्यावहारिक शिक्षाको सशक्त अभ्यास गराउनु रहेको बताइएको छ। कलेजका अनुसार चितवन र नवलपुरका ७५ भन्दा बढी शिक्षण संस्थाका +2 तथा स्नातक तहका विद्यार्थीहरू कार्यक्रम अवलोकनका लागि सहभागी हुनेछन्।


कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कलेजका अन्य विशिष्ट पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कलेज अध्यक्ष आनन्द बहादुर चन्द निर्देशक पुष्पराज अधिकारी आरएमसी विभाग प्रमुख डा. सुनिल पोखरेल बीबीए कार्यक्रम संयोजक सरिता थापा र पेल्समनेट हेड सुनिता गुरुङको उपस्थिति रहेको थियो।

 


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

July 01, 2026

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

July 01, 2026

प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल

June 30, 2026

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

June 30, 2026

१६७ भाषामा अध्ययन गर्न मिल्ने गरी नेवाः सांस्कृतिक ज्ञानकोष अनलाइनमा

June 29, 2026

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर

June 29, 2026

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

June 29, 2026

कागका कारण काठमाडौँमा बर्ड फ्लु फैलियो

June 29, 2026

असार १६ र १७ गते भारी वर्षाको सम्भावना

June 29, 2026

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

June 29, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .