दर्जनौं पसलमा अनुगमन, ठुलो परिणाममा अखाद्य तेल नष्ट

इ चितवन खबर

July 28, 2025

चितवन। आर्थिक बर्ष २०८२/०८३ शुरु भए सगै भरतपुर महानगरपालिकाले दैनिक नियमित बजार अनुगमनलाइ निरन्तरता दिएको छ । दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा उपभोक्ताहरु माथि ठगी भइरहेको भन्दै भरतपुर महानगरपालिकाले बजार अनुगमन कार्यलाई तिब्र बनाएको हो । 


महानगरपालिकाले सोमबार नारायणगढ र भरतपुर क्षेत्रका विभिन्न पसलहरुमा कडा निगरानीका साथ अनुगमन गरेको छ । भरतपुर ४ छहारी बसपार्कमा रहेको न्युरे पाउरोटी उद्योगमा ठुलो परिणाममा अखाद्य तेल नष्ट गरिएको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यलयका खाद्य प्रमुख प्रमोद चन्द्र पौडेलले चेकजाँच गर्दा तेल अखाद्य भएको पुष्टि भएको हुँदा नष्ट गरिएको बताए । 

 

 उक्त उद्योगमा सरसफाइ नभएको,खानेपानीको सुविधा नभएको,शौचालय र पाउरोटी बनाउने स्थान नजिकै भएको भेट्टिएपछी महानगरपालिकाले ५ हजार रुपैयाँ सरसफाइ स्वरुप जरिवाना गरेको हो भरतपुर महानगरको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइ शाखाका शाखा अधिकृत ठानेश्वर सापकोटाले भने,सुधार नभए अर्कोपटक कडा कारवाही हुन्छ । महानगरपालिकाले भरतपुर ४ कै श्री लक्ष्मी नारायण चिउरा मिल र शिव पाउरोटी उद्योगमा पनि अनुगमन गरेको छ ।


महानगरले सोमबार नै भरतपुर ७ क्यान्सर अस्पताल अगाडी रहेका विभिन्न खाजा पसलहरुमा पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा केही अधिकाश पसलहरु दर्ता नभएको पाइएपछी अबिलम्ब दर्ता गर्न महानगरले अनुरोध गरेको छ । 


बजारमा हुने कालो बजारी, राजश्व छली, म्याद गुज्रिएका दैनिक उपभोग्य बस्तुहरु माथीको अनुगमन तथा निरीक्षण कार्यलाइ भरतपुर महानगरपालिकाले तिब्रताका साथ अगाडी बढाएको हो । नियमित सयुक्त बजार अनुगमनको टोलिले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको छ ।


उपभोक्ता अधिकारकर्मीहरुले दैनिक बजार अनुगमन प्रभावकारी रुपमा गर्न नसक्दा अखाद्य वस्तुहरु उपभोक्ताको चुल्होसम्म पुग्ने अवस्था रहेको भन्दै बजार अनुगमनलाई थप प्रभाकारी बनाएर लैजानु पर्नेमा जोड दिदै आइरहेका छन् । स्वयं उपभोक्ता सचेत नभएसम्म बजार अनुगमनले मात्रै बजार आमउपभोक्ताले चाहे जस्तो सुधार गर्न नसकिने बिज्ञहरु बताउँछन् । सयुक्त बजार अनुगमन कार्य भरतपुर महानगर अन्तर्गतको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइको दैनिक बजार अनुगमन कार्य मै पर्दछ । 


अनुगमनका क्रममा खाद्यान्न तथा खाद्यपदार्थको अनुगमन गर्दा उपभोक्ताले प्रस्ट देखिने गरी मूल्य सूची नराख्ने, मूल्य सूची अद्यावधिक नगर्ने,  खाद्य र अखाद्य बस्तु एक स्थानमा राख्ने,  म्याद गुज्रिएको, अखाद्य बस्तु मिसावट गरेको, मूल्य बढी  लिएको, तौल कम भएको, भण्डारमा सरसफाइ नगरेको जस्ता गतिविधि भएको पाइएको छ। त्यसै गरी मासु, फलफूल तथा तरकारीजन्य पसलहरूको अनुगमन गर्दा सडे गलेको पदार्थ बेच्न राखेको, तौल कम भएको, फ्रिजिङ एवम् भण्डारण अव्यवस्थित भएको, सरसपाइमा ध्यान नदिएको र अधिकतम मूल्य भन्दा बढीमा बेचेको पाइएको छ । 


चालू आर्थिक बर्ष देखि महानगरले नयाँ र फरक ढंगबाट बजार अनुगमन गर्ने निर्णय गरेको छ । जस अनुसार नगर उप प्रमुख चित्रसेन अधिकारीको सयोजकत्वमा रहेको उपभोक्ता हित सरक्षण समिति अन्तरगत विभिन्न ५ कार्यदल उप समितिहरु गठन गरि कार्य बाडफाड गरिएको छ । ती पाँच उपसमितिले सोमबार बाटै बजार अनुगमन फरक फरक समयमा फरक फरक तरिकाले गर्न शुरु गरिसकेका छन् । स्वास्थ्य सेवा,शिक्षा सेवा, कृषि, पशुपन्छी (माछामासु, भेटेनरी, एग्रोभेट, दुग्धजन्य),खाद्य उद्योग,खाद्य सामाग्री,उपभोग्य सामाग्री, होटल र निर्माण सामाग्री ( घर तथा नक्सा ) कार्यदल उप समितिहरु गठन गरिएको छ ।


बजार अनुगमनमा गएको टोलिले बजार अनुगमनलाइ औपचारिक भन्दा पनि प्रभाकारी बनाएर जाने निर्णय गरेको छ । उपभोक्ता सरक्षण एन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

July 01, 2026

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

July 01, 2026

प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल

June 30, 2026

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

June 30, 2026

१६७ भाषामा अध्ययन गर्न मिल्ने गरी नेवाः सांस्कृतिक ज्ञानकोष अनलाइनमा

June 29, 2026

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर

June 29, 2026

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

June 29, 2026

कागका कारण काठमाडौँमा बर्ड फ्लु फैलियो

June 29, 2026

असार १६ र १७ गते भारी वर्षाको सम्भावना

June 29, 2026

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

June 29, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .