इ चितवन खबर
August 03, 2025
चितवन । ISCOB TRAINING CENTRE पश्चिम चितवनको आयाेजना र पारिजात आवासीय मा.बिधालय भरतपुर-६ चाेकबजारकाे आतिथ्यतामा ISCOB TRAINING CENTRE अन्तरगतका बिद्यालयहरुकाे बिचमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । १५ बिद्यालय सहभागी भएका साे प्रतियोगितामा कालिका संस्कारकुलम माध्यमिक बिद्यालय प्रथम , मदरल्याण्ड आ. मा. बिद्यालय द्वितीय , सनलाइट आ. मा. बिद्यालय तृतीय र प्रज्ञा एकेडेमीले सान्त्वना स्थान हासिल गरेका थिए।
साेहि कार्यक्रममा ISCOB TRAINING CENTRE अन्तरगतका बिद्यालयहरुबाट SEE 2081 मा उत्कृष्ट नतिजा ४ जिपिए ल्याउन सफल अलमाईटि एकेडेमीका छात्र सन्देश कुमाल सहित ३.६० भन्दा बढी जिपिए ल्याउन सफल ६१ जना बिद्यार्थीहरु र १००% पास गराउन सफल बिद्यालयहरुलाई नगद , प्रमाणपत्र तथा मायाको चिनाेले सम्मान गरिएको थियोे ।
पारिजात आवासीय मा. बिधालयका ब्यवस्थापन समितिका अध्यक्ष माेहन बहादुर राउतकाे सभापतित्व, प्याब्सन बाग्मती प्रदेशका पूर्व सह-सचिव एवं मदरल्याण्ड आवासीय मा. बिधालयका प्राचार्य नवराज भट्टकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। साे कार्यक्रममा ISCOB TRAINING CENTRE का सल्लाहकार एवं पारिजात आवासीय मा.बिधालयका संस्थापक प्राचार्य अरविन्द प्रताप राणाले स्वागत मन्तब्य साथै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएकाे थियोे।
कालिका संस्कारकुलम बिद्यालयका प्राचार्य रामप्रसाद घिमिरेले शुभकामना मन्तब्य राख्नु भएको साे कार्यक्रम पारिजात आवासीय मा. बिद्यालयका शिक्षक सुवास शर्मा र शिक्षिका मनिता तामाङले संचालन गर्नु भएको थियाे ।
Happy ( १००% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
September 13, 2026
September 13, 2026
September 13, 2026
September 13, 2026
September 13, 2026
September 13, 2026
September 12, 2026
September 12, 2026
September 11, 2026
September 11, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .