चाडपर्वमा स्वदेशी उत्पादनको प्रयोग गर्न उद्योग मन्त्री भण्डारीको आह्वान

इ चितवन खबर

August 07, 2025

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वको अवसरमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै नेपालीलाई आग्रह गरेका छन । 

विशेषगरी तीजजस्ता सांस्कृतिक पर्वहरूमा नेपाली पहिरन, सामग्री र घरेलु उत्पादनको उपयोगले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुग्ने उनको भनाइ छ।


तीजको पूर्व सन्ध्यामा आयोजीत २२औं श्रृजनशील उद्यमी मेला–२०८२ को उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपाली महिलाहरूको उद्यमशीलता, सिर्जनशीलता र श्रम देशको आर्थिक परिवर्तनको मेरुदण्ड बन्ने उल्लेख गरे । 

उनले भने, “अब हङकङको साडी होइन, आफ्नै देशमा उत्पादन भएको पहिरन प्रयोग गर्नुस् । यसले तपाईंको सौन्दर्य मात्र बढाउँदैन, देशको अर्थतन्त्र पनि मजबुत हुन्छ ।” उनले व्युटी पार्लरले मात्रै नभई सिर्जनशील उद्यमहरूले मान्छेलाई सुन्दर देखाउने उल्लेख गरे ।


विदेशी वस्तुको अन्धाधुन्द प्रयोगले स्वदेशी उद्योगमा परेको असरप्रति चिन्ता व्यक्त गर्दै उहाँले गार्मेन्ट लगायतका विभिन्न उद्योगहरुमा विदेशी डिजाईन र श्रमिक प्रयोग हुनु आत्मनिर्भरताको विरोधाभास भएको उनको टिप्पणी छ । 


महिला उद्यमशीलतालाई आर्थिक समृद्धिको प्रमुख साधनका रूपमा हेर्नुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले सरकारबाट महिलामैत्री कार्यक्रमहरू—जस्तै सहुलियतपूर्ण कर्जा, डिजिटल साक्षरता अभियान र ‘मेड इन नेपाल’ अभियान प्राथमिकतामा रहेको जानकारी दिए ।

उनले महिला सिर्जनशील केन्द्रद्वारा सञ्चालन हुँदै आएका व्यावसायिक तालिम, सीप विकास कार्यक्रम र व्यावसायिक सहायताको खुलेर प्रशंसा गरे ।निजी क्षेत्र, सामाजिक संस्था र सरकारी निकायबीचको सहकार्यले उद्यमशील वातावरण सिर्जना गर्न सकिने उनको भनाई छ ।


मन्त्री भण्डारीले मेलाजस्ता कार्यक्रमहरूबाट रोजगारी सिर्जना, आत्मनिर्भरता अभिवृद्धि र आयात प्रतिस्थापनमा सहयोग पुग्ने बताए । यस्ता अवसरहरूले महिला उद्यमीहरूलाई आफ्ना उत्पादनको प्रवद्र्धन, अनुभव साटासाट र बजार विस्तारको माध्यम बनाउने उनको विश्वास छ ।


मेलामा हस्तकला, ढाका कपडा, खाद्य पदार्थ, घरेलु सामग्री, सौन्दर्य प्रसोधनलगायतका विविध उत्पादनको प्रदर्शनी गरिएको छ । महिला उद्यमीहरूबीच नेटवर्किङ, नवप्रवर्तन र व्यापारिक सहकार्यको राम्रो अवसरका रूपमा मेलालाई लिइएको छ ।


स्वदेशी उत्पादनमा मौलिकता, गुणस्तर र ब्रान्डिङको खाँचो औंल्याउँदै मन्त्री भण्डारीले नेपाली उत्पादनप्रति उपभोक्ता विश्वास बढाउनका लागि सरकार सधैं सहयोगी भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । साथै, महिला उद्यमीहरूको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु–याउन आवश्यक रणनीति बनाइने समेत उहाँले स्पष्ट पार्नुभयो ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .