इ चितवन खबर
August 08, 2025
काठमाडौं । नेपालले एएफसी यु-२० महिला एसियन कप छनोट प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । जितसँगै अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी एसियन कपमा छनोट हुने नेपालले सम्भावना जिवित राखेको छ ।
शुक्रबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न समूह ‘ए’को तेस्रो खेलमा नेपालले साउदी अरेबियामाथि १-० को झिनो जित हासिल गरेको हो । यो नतिजासँगै नेपाल दुई खेलमा चार अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले पहिलो खेलमा घरेलु टोली भुटानसँग १-१ को बराबरी खेलेको थियो ।लगातार दोस्रो खेलमा पराजित साउदी अरेबियाको भने एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ ।
अघिल्लो खेलमा साउदी अरेबियाले उत्तर कोरियासँग १५–० को लज्जास्पद हार बेहोरेको थियो । स्ट्राइकर मीना देउवाले पेनाल्टी अवसरलाई सदुपयोग गर्न नसकेपछि नेपालले पहिलो हाफमा अग्रता लिन सकेको थिएन ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
July 20, 2026
July 12, 2026
June 23, 2026
June 17, 2026
June 16, 2026
June 12, 2026
February 24, 2026
February 21, 2026
February 17, 2026
December 12, 2025
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .