उपनिर्वाचनले रुपन्देही कांग्रेस गर्मराउँदै, बालकृष्ण खाणको अनिश्चयमा कसको प्रतिस्पर्धा ?

रुपन्देही कांग्रेसका नेताहरूका अनुसार उपनिर्वाचनमा खाणले दाबी गर्दा टिकटमा उनकै पल्लाभारी हुन्छ। यद्यपि, उनले दाबी नगरेको अवस्थामा अन्य नेताहरूले आफ्नो दाबेदारी प्रस्तुत गर्न सुरू गरेका छन्।

इ चितवन खबर

August 13, 2025

काठमाडौं। रुपन्देही क्षेत्र नं. ३ मा कात्तिक १७ गते हुने प्रतिनिधि सभा उपनिर्वाचनले कांग्रेसभित्र गर्मी चुलिँदै गएको छ। राप्रपा सांसद दीपक बोहराको निधनपछि खाली भएको यो क्षेत्रमा उम्मेदवार चयनमा कांग्रेस नेतृत्व अनिर्णीत छ।

 

निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता २०८२ असोज २१ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा गरिने छ। सोही दिन साँझ ५ बजेपछि राति ७ बजेसम्म उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरिने छ।

 

निर्वाचन कार्यतालिका सार्वजनिक भए पनि दलहरूले उम्मेदवारको टुंगो लगाएका छैनन्। त्यहाँ राप्रपा, नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ। गत चुनावमा २६ सय मतले पराजित भएका पूर्वगृहमन्त्री बालकृष्ण खाण पहिलो रोजाइका नेता भए पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी रहेकाले उनको उम्मेदवारी अनिश्चित छ। जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन रहेकाले अदालतको प्रतिकूल आदेश आए चुनावी दौडमा खाणलाई असहज पर्न सक्ने देखिन्छ।

 

खाणको मौनताबीच रुपन्देही कांग्रेसभित्र टिकटका लागि प्रतिस्पर्धा सुरू भइसकेको नेताहरू बताउँछन्। पूर्वजिल्ला सभापति रामचन्द्र ढकाल, महासमिति सदस्य विमल ढकाल र पूर्वप्रदेश सांसद पुष्पा चौधरीले आ-आफ्नो दाबेदारी अघि सारेका छन्। तीमध्ये खाणका निकट मानिने विमल ढकालको नाम अग्रपंक्तिमा छ। पार्टीभित्र विश्वासपात्रको हैसियत, अघिल्ला पदमा नपुगेको अवस्था र खाणले समर्थन गर्नसक्ने सम्भावनाले ढकालको पक्षमा माहोल बनिरहेको स्थानीय नेताहरूको आकलन छ।

 

२०७९ को आम निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन पाए पनि खाण एमाले-राप्रपा गठबन्धनका दीपक बोहरासँग पराजित भएका थिए। तर, यसपालि एमाले-राप्रपा गठबन्धन नबन्ने पक्का भएकाले कांग्रेसका लागि मैदान सजिलो देखिएको छ। खाणको व्यक्तिगत ८-९ हजार मत उक्त निर्वाचन क्षेत्रको बलियो आधार मानिन्छ।

 

रुपन्देही कांग्रेसका नेताहरूका अनुसार उपनिर्वाचनमा खाणले दाबी गर्दा टिकटमा उनकै पल्लाभारी हुन्छ। यद्यपि, उनले दाबी नगरेको अवस्थामा अन्य नेताहरूले आफ्नो दाबेदारी प्रस्तुत गर्न सुरू गरेका छन्। ढकालद्वयका साथै पूर्वप्रदेश सांसद रहेकी चौधरी समेत आफ्नो दाबी प्रस्तुत गरिरहेकी छिन्। चौधरीसमेत खाणसँग निकट रहेकी व्यक्ति हुन्। ‘उहाँहरू कोही पनि खुलेर टिकट मलाई चाहियो भनिरहनु भएको अवस्था होइन,’ जिल्लास्तरीय एक नेताले भने, ‘पहिलो दाबी बालकृष्ण दाइकै हो, उहाँले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएका कारण अन्य व्यक्तिले भित्र-भित्रै दाबी गरिरहनु भएको हो।’

 

‘बालकृष्ण दाइ लड्ने अवस्थामा विमल ढकालले स्वत: छोड्ने हो, विकल्पमा उहाँको नाम आएको हो,’ ती नेताले भन्छन्। आफू नलडे खाणले आफूलाई साथ दिने विश्वास विमलको छ। प्रदेशसभा लडेका रामचन्द्र शेखर कोइरालानिकट मानिन्छन्। विमल खाणका विश्वास पात्र मानिन्छन्। उनी कोइरालासँग समेत नजिक छन्। खाण पछिल्लो समय कोइरालातिर निकट हुन थालेको कांग्रेस वृत्तमा चर्चा छ। ‘खाणले दाबी नगरेको स्थितिमा ढकालको पक्कापक्की हो,’ ती नेताले भने।

 

ढकाल भने यसबारे खुलेका छैनन्। उनले रुपन्देही-३ को चुनावमा दाबीबारे भने, ‘मेरो अहिले केही पनि दाबी छैन, पहिलो दाबी बालकृष्ण दाइ नै हो, जनताको माग पनि त्यही हो।’

 

राप्रपाबाट आफ्ना पिताको क्षेत्रमा लड्न दाजुभाइ गौरब बोहरा र प्रज्जवल बोहराबीच टिकटको प्रतिस्पर्धा छ। माओवादीबाट संविधानसभा सदस्य रहेका सोनिया यादव र हकिउल्लाह खाँको चर्चा छ।

 

एमालेमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, व्यवसायी शशी पौडेल, यज्ञजित शाह र हरि अधिकारीबीच टिकटको प्रतिस्पर्धा छ। यता, राष्ट्रिय स्वतन्त्र पार्टीमा भने सुलभ खरेल, ज्ञानु पौडेल र पार्थीबेन्द्र उपाध्यायको चर्चा चलिरहेको छ।

 


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छ : राष्ट्रपति

October 08, 2026

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ः०० देखि

October 08, 2026

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा

October 07, 2026

कांग्रेसको १५औँ महाधिवेशन : बिहीबार बिहान १० बजेदेखि मतदान

October 07, 2026

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

October 06, 2026

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : संयोजक दाहाल

October 04, 2026

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : सभापति थापा

October 04, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .