इ चितवन खबर
August 13, 2025
चितवन । शैक्षिक परामर्श संस्था ग्लोबल रिचले यही आउंँदो भदौ २ गते भरतपुरमा शैक्षिक मेला गर्ने भएको छ । हरेक बर्ष जस्तै जनवरी फेब्रुअरी इन्टेकलाई लक्षित गर्दै भरतपुर ओरालो स्थित आफ्नै कार्यालय परिषरमा उक्त मेला गर्न लागेको हो ।
संस्थाका चितवन शाखा प्रमुख सुरेश पौडेलले अष्ट्रेलिया जाने विद्यार्थी एव अभिभावकलाई कलेजका प्रतिनिधीसंँग प्रत्यक्ष परामर्श दिने उद्धेश्य सहित शैक्षिक मेला गर्न लागिएको जानकारी दिनुभयो । ‘हामीले चितवनमा हरेक बर्ष दुईपटक शैक्षिक मेला गर्दै आएका छौं, उहांँले भन्नुभयो, कलेज तथा युनिभर्सिटीका प्रतिनिधीसंँग प्रत्यक्ष परामर्श गर्न पाउनेछन ।’
शैक्षिक मेलामा ८ वटा युनिभर्सिटी तथा कलेजका प्रतिनिधिले परामर्श दिने उहांँले बताउनु भयो । मेलामा कुनैपनि संकायका व्याचलर देखि पिएचडीसम्मका विद्यार्थीले स्कलरसिप, फि स्ट्रक्चर , कोर्स लगायतका बिषयमा परामर्श लिनसक्ने छन । सहभागी विद्यार्थी तथा अभिभावकलाई मायाको चिनो उपलब्ध गराइने छ । शैक्षिक डकुमेन्ट तयार भएका विद्यार्थीले अन द स्पट एप्लाई गर्न सकिने उहांँले बताउनु भयो । साउथ एशियामानै सबैभन्दा बढी युनिभर्सिटी र कलेजसंँग सहकार्य गर्दै आएको ग्लोबल रिच बाट आवेदन दिंँदा विद्यार्थीले आफ्नो छनोट अनुसारको बिषय र युनिभर्सिटीमा अध्ययन गर्ने अवसर प्राप्त गर्ने पौडेलको भनाई छ । मेलामा चितवन, नवलपरासी, मकवानपुर लगायतका विद्यार्थी तथा अभिभावक सहभागी हुनेछन ।
बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मेला सञ्चालन हुने पौडेलले जानकारी दिनुभयो । ग्लोबल रिचले विगत ३४ वर्षदेखि विद्यार्थीलाई सेवा दिंँदै आईरहेको छ भने विगत १९ वर्षदेखि नेपालमा सेवा दिईरहेको छ । ग्लोबल रिचको नेपालमा मात्र काठमाडौं, बुटवल, पोखरा, चितवन गरी चारवटा शाखा छन् भने भारत, बंगलादेश, भुटान, श्रीलंका, अष्ट्रलियाका देशहरुमा गरी कुल ४२ वटा शाखा सञ्चालनमा छन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 09, 2026
October 09, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
October 06, 2026
October 06, 2026
October 06, 2026
October 04, 2026
October 09, 2026
October 09, 2026
October 08, 2026
October 08, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .