इ चितवन खबर
August 13, 2025
नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका-७, गैरिमा रहेको परिवर्तन नेपाल पुनर्स्थापना केन्द्रले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रको आयोजनामा सोही वडामा रहेको हरिहर मन्दिरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो । केन्द्रको सरसफाई अभियान अन्तर्गत भएको कार्यक्रममा मन्दिर परिसरमा रहेका प्लास्टिक, झारपात, धूलो(माटो हटाई सफा वातावरण सृजना गर्न केन्द्रमा उपचाररत ब्याक्तिहरुले सहयोग गरेका थिए।
धार्मिक स्थललाई सफा, स्वच्छ तथा व्यवस्थित बनाउनुका साथै उपचारमा रहेकाहरुलाई पनि आफ्नो टोल, समाजमा सरसफाईप्रति सचेतना फैलाउनु आफुहरुको प्रमुख उद्देश्य रहेको केन्द्रका अध्यक्ष नारायण सापकोटाले जानकारी दिनुभयो। केन्द्रका अध्यक्ष सापकोटाले यस्तो अभियानबाट समुदायले लागू औसध तथा मादक पदार्थ सेवनकर्ताहरुलाई हेर्ने दृस्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
दुर्व्यसनिहरुलाई समाजले हेर्ने दृष्टिकोण गलत रहेको भन्दै उनिहरुलाई समाजमा पुनर्स्थापित गराउनका लागि यस्तो कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै अध्यक्ष सापकोटाले उनिहरुलाई उपचारको खाचो रहेकोमा जोड दिनुभयो ।
मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष डिलाराम सापकोटाले केन्द्रको यस्तो सकारात्मक पहलप्रति प्रसंसा व्यक्त गर्दै आगामी दिनमा पनि सरसफाई सहितका जनचेतनामुलक कार्यक्रम निरन्तर आयोजना गर्नुपर्ने बताउनुभयो।
उहाले यश मन्दिर परिसरमा मात्र नभै सुधार केन्द्रले समाजमा गलत कुलतमा लागेकाहरुलाई उपचारमा राखि नयाँ जीवन दिएर उदारहणिय काम गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । केन्द्रले वडा सहित नगरका विभिन्न मठ, मन्दिर, चर्च, गुम्बा, बिद्यालय, कलेज, सार्बजनिक स्थानहरुमा साप्ताहिक रुपमा सरसफाई अभियान संचालन गर्दै आएको केन्द्रका कार्यक्रम संयोजक बिजय चालिसेले जानकारी दिनुभयो । गत साता केन्द्रले नगरपालिकाको वडा नम्बर ८ को कार्यालय परिसरमा पनि सरसफाई कार्यक्रम सम्पन्न गरेको थियो ।
हाल केन्द्रमा ४० जना ब्याक्तिहरु उपचाररत छन भने लागू औसध तथा मादक पदार्थको सेवनबाट पिडित स्वयं ब्यक्ति र परिवारमा निशुल्क रुपमा आवस्यक परामर्श प्रदान गर्दै आईरहेको कार्यक्रम प्रमुख चालिसेले बताउनुभयो ।
Happy ( १००% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
October 06, 2026
October 06, 2026
October 06, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .