इ चितवन खबर
August 13, 2025
चितवन । स्थानिय शिक्षालाई विश्वव्यापी सफलतामा रुपान्तरण गर्ने उद्देश्य सहित "Brain Drain to Brain Gain: Turning Local Education to Global Access" शीर्षकमा जि. एस. टी. कलेज, रत्ननगरले आयोजना गर्न लागेको Launchpad Celebrating Success Charting Futures कार्यक्रममा प्यानल डिस्कसन कार्यक्रम हुने भएको छ ।
कार्यक्रम यहि श्रावण २९ गते बिहान ११:३० बजेपछि होटल स्टार, रत्ननगर निपनीमा हुनेछ । यस कार्यक्रममा पूर्वी चितवनका हाल कक्षा १२ पास भएका विद्यार्थीहरुलाई निमन्त्रणा गरी उनीहरुलाई सम्मान पनि गरिने कलेजका प्राचार्य राजकुमार दाहालले जानकारी गराउनु भएको छ ।
प्यानल डिस्कसनमा प्यानलिष्टका रुपमा न्यू क्यापिटल कलेजका प्राचार्य तथा हिसानका केन्द्रिय सदस्य भुपेन्द्र धिताल, स्काइराइडर स्कुलका प्राचार्य तथा प्याब्सन चितवनका अध्यक्ष मदन पुरी र नेपाल आदर्श शिक्षा सदनका अध्यक्ष आई. पि. लामिछाने छन् भने कार्यक्रमको सहजिकरण इ. सागर कार्किले गर्ने छन् ।
यस प्यानल डिस्कसन मार्फत नेपालबाट हुने ब्रेन ड्रेन रोक्ने र स्थानीय शैक्षिक श्रोत तथा प्रतिभालाई देशको विकासमा प्रयोग गर्ने उपायबारे गहिरो छलफल हुने कलेजका प्राचार्य राजकुमार दाहालले बताउनुभयो ।
पूर्वी चितवनमा नै पहिलो पटक बि.बि.ए. कार्यक्रम सञ्चालन गर्न लागेको जि.एस.टी. कलेजमा भर्ना खुलेकोले समयमा नै सिट सुरक्षित गर्न पनि प्राचार्य दाहालले आह्वान गर्नुभएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
October 06, 2026
October 06, 2026
October 06, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .