इ चितवन खबर
August 13, 2025
चितवन। भरतपुर महानगरपालिका वडा नं. १३, ब्रह्मपुरीमा भएको चोरी घटनामा संलग्न व्यक्तिहरूलाई समाउन सहयोग गर्ने छ जना स्थानीयलाई चितवन प्रहरीले सम्मान गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवन र वडा नं. १३ को समन्वयमा, इलाका प्रहरी कार्यालय गीतानगरको आयोजनामा भएको कार्यक्रममा उनीहरूलाई सम्मानपत्र प्रदान गरिएको हो।
सोही दिन बिहान ११ बजे, ६० वर्षीय विष्णु बहादुर गुरुङको घरबाट सुनका गहना र नगद रु. १,००,१५० चोरी भएको थियो। मकवानपुर बागमती गाउँपालिका-८, साततलेका ४२ वर्षीय दिल बहादुर सिन्तान र काभ्रेपलान्चोक तेमाल गाउँपालिका–५, पोखरी नारायणथानका ३५ वर्षीय मनराज तामाङ यस घटनामा संलग्न थिए। दुर्गा गुरुङ, रामकृष्ण कोईराला, प्रकाश आचार्य, अभय अधिकारी, सुमन सापकोटा, र मनोज गुरुङले चोरी गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिन महत्वपूर्ण सहयोग गरेका थिए।
कार्यक्रममा चितवनका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक गोबिन्द पुरी), भरतपुर महानगरपालिका–१३ का वडा अध्यक्ष प्रकाश दवाडी, वडा सदस्यहरु, इलाका प्रहरी कार्यालय गीतानगरकी प्रमुख (प्रहरी निरीक्षक) मिना देवी राई, वडा सचिव तथा कर्मचारी, र विभिन्न टोल सुधार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रहरी उपरीक्षक गोबिन्द पुरीले समुदाय र प्रहरीको सहकार्यले मात्र सुरक्षित समाज सम्भव हुने बताउँदै सबैलाई धन्यवाद ब्यक्त गर्नुभयो । यो सम्मान कार्यक्रमले स्थानीयस्तरमा अपराधविरुद्धको सचेतना, सहकार्य र आपसी विश्वासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
October 06, 2026
October 06, 2026
October 06, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .