प्रविधिको सही उपयोगका लागि नागरिकलाई सुसूचित गराउनु आवश्यक : महामन्त्री शर्मा

इ चितवन खबर

August 14, 2025

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले डिजिटल दुनियाँमा प्रविधिको सही उपयोगका लागि हरेक नागरिकलाई सुसूचित गराउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा यहाँ आज आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रियात्मक तालिम उद्घाटन सत्रमा महामन्त्री शर्माले डिजिटल माध्यमको दुरुपयोगले मानिसको जीवन समाप्त पनि पारेको उल्लेख गर्दै यसबाट सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

    
“डिजिटल माध्यमका कारणले समाजमा अप्ठ्यारो परेको अवस्था पनि छ, यी विषयमा सचेत गराउनु एउटा जिम्मेवार पार्टीको कर्तव्य हो, पछिल्लो पुस्तामा पार्टीलाई जोड्न, कांग्रेसको प्रचार गर्न, नकारात्मक भाष्य चिर्न, सरकारका कमजोरीका बारेमा सुधार गर्न, अभिव्यक्ति स्वतन्त्रताको उपयोग र सम्मान गर्न डिजिटल माध्यमको सही प्रयोग आवश्यक छ”, उहाँले भन्नुभयो ।

    
कार्यक्रममा पार्टीका सहमहामन्त्री महेन्द्र यादवले पार्टीभित्रैका गुटउपगुटबीचको प्रतिस्पर्धाका लागि डिजिटल माध्यम प्रयोग गरिँदा पार्टीलाई क्षति पुगेको उल्लेख गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह र चुनावी परिचालनमा सही उपयोग गरेर लाभ हासिल गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठले पार्टीको प्रचारप्रसारलाई सशक्त बनाउन डिजिटल माध्यमलाई प्रभावकारी उपयोग गरिनुपर्ने धारणा राख्नुभयो । 


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छ : राष्ट्रपति

October 08, 2026

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ः०० देखि

October 08, 2026

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा

October 07, 2026

कांग्रेसको १५औँ महाधिवेशन : बिहीबार बिहान १० बजेदेखि मतदान

October 07, 2026

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

October 06, 2026

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : संयोजक दाहाल

October 04, 2026

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : सभापति थापा

October 04, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .