एन्फा महिला लिग छनौट आज २ खेल हुदैँ

इ चितवन खबर

August 15, 2025

काठमाडौं। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) महिला लिग छनोटमा आज ४ टोली भिडदैँछन् । आजको पहिलो खेलमा राप्ती एएफसी र सिन्धुपाल्चोक रिसोर्ट एन्ड बिच फुटबल बिचमा पहिलो खेल हुदैँछ । जुन खेल अपरान्ह १२ः३० बजेवाट सुरू हुनेछ । 

 

हिजो देखी सुरू भएको खेलमा १४ टोलीले सहभागिता जनाएका छन् । समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन्। 

 

समूह ‘बी’ मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा र्गल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन्।


सहभागी मध्यबाट उत्कृष्ट  ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन्।  साथै, दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली एन्फा लिगमा सहभागी हुने छन् भने समूहमा तेस्रो स्थान पाउने दुई टोलीका बिचमा प्ले अफ खेल मार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ। 

 

हिजो पहिलो दिन एफसी रियल र छहारी तथा सङ्कटा एफसी र नेपाल खेलकुद क्लबका बिचमा खेल भएको थियो ।
 


# चितवन खबर # खेलकुद

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .