इ चितवन खबर
August 18, 2025
काठमाडौ। नेपालभाषाको वाङ्गमय क्षेत्रमा कृयाशिल प्राज्ञिक संस्था नेपालभाषा एकेडेमी र ललितुर महानगरपालिकाको सहकार्यमा एतिहांसिक परम्परागत शैलीमै नेपालभाषा दबु प्याखं (नेपालभाषा डबली नाटक) निर्माण गर्ने भएको छ ।
लोपहुन लागेको डबली नाटक (सामाजीक घटनाक्रमको यथार्थ चित्रण सहितको सन्देश मुलक नाटक) पुर्ण उत्थान गर्दै, नयां पिंढिलाई नेवाः भाषा कला संस्कृती र संस्कार बारे पहिचान प्रस्तुत गर्न नेवाः दबु प्याखं प्रदर्शन गर्न लागेको जानकारी आयोजक समितीले आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको थियो ।
ईन्द्रजात्रा को अवसरमा यसरी दबु प्याखं अर्थात डबूली नाटक परापुर्वकाल देखिनै जनताहरुलाई सचेत गराउन सत्कर्म र अनित्यकर्म गर्दा कस्तो सम्मान र दन्डको परिणाम प्रवाह हुने सन्देश र शिक्षा प्रदान गर्ने लक्ष प्राप्तीको निम्ती जन समुदाय बीच खुल्ला ठाउंमा सर्वसाधारण जनता माझ प्रदर्शन गरिन्छ । नेपाल भाषा एकेडेमि र ललितपुर महानगरपालिकाको प्रयास मा यसरी च्वंगु दबु प्याखंलाई पनर्जीवन प्रदान गरीन लागेको कुरा सो प्रेस भेटघाटमा बताइएको छ ।
दबु प्याखं निर्माण र प्रदर्शन का लागि नेपालभाषा एकेडेमीको तर्फबाट दबु प्याखं समिति गठन गरिएको छ । उक्त समितिका संयोजक विजयरत्न असंबरेले सन्चालन गरेको पत्रकार सम्मेलनमा समितिका सदस्य प्राज्ञ राजित बहादुर श्रेष्ठले प्रेस वक्तव्य वाचन गरेर सुनाएका थिए ।
एकेडेमीका चान्सलर मल्ल के सुन्दरले दबु प्याखं प्रदर्शन बारे प्रकाश पारेको सो कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रवक्ता वडा नं ९ का वडाध्यक्ष राजु महर्जन र एकेडेमीका सदस्य सचिव महेन्द्र गोपाल कर्माचार्यले पनि मन्तव्य राखे ।
आइतबार सम्पन्न पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार दबु प्याखं मा यसपालि ललितपुर का कलाकार र प्याखं समुह मात्र सम्मिलित गराउने तयारी भइरहेको जानकारी एकेडेमीका चान्सलर मल्ल के. सुन्दरले बताए । प्याखंका उपयुक्त प्रस्ताव आह्वान गरिएको छ भने प्राप्त प्रस्ताव मूल्यांकन गर्ने अधिकार आयोजकमा रहनेछ ।
दबु प्याखं शुरुमा ललितपुर का तीन वटा सांस्कृतिक दबुहरुमा मन्चन गरिनेछ भने त्यसपछि लोकप्रियता को अाधारमा अन्य स्थानमा पनि मन्चन गर्न सकिने छ ।
उपयुक्त स्कृप्टका रिर्हसल आयोजकले रिहर्सल खर्च उपलब्ध गराउने छ भने त्यसपछि मन्चन गरे बापट प्रति मन्चन को हिसाबले उचित रकम उपलब्ध गराउने कुरा बताइएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 14, 2026
August 13, 2026
August 12, 2026
August 12, 2026
August 12, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .