इ चितवन खबर
August 18, 2025
भक्तपुर। नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले राज्यले खेलकुदको विकासमा लगानी बढाउनुपर्ने बताउनुभएको छ ।
मध्यपुरथिमिमा आयोजित नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, बाग्मती प्रदेशको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा उहाँले खेलकुदको विकासले राज्यको नाम उच्च राख्न सघाउ पुग्ने बताउनुभयो ।
नेता बस्नेतले खेलकुदको विकासले राज्यको समग्र विकासमा टेवा पुग्ने भन्दै खेलकुदको विकासका लागि तीन तहकै सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कांग्रेस खेलकुद विभागका प्रमुख उमेशजङ्ग रायमाझीले खेलकुद र खेलाडीको विकासमा सबै गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका सभापति एवं सङ्घका अध्यक्ष अष्ट कवेँले खेलकुद क्षेत्रमा मात्रै धनी, गरिब र बिनाभेदभाव सबै अट्ने भएकाले यसको विकासमार्फत सबैको समान सहभागिता सुनिश्चित गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा हालै अजरबैजानको बाकु सहरमा सम्पन्न अन्तरराष्ट्रिय बुदो मार्सल आर्ट्स प्रतियोगितामा ‘गोल्ड मेडल’ प्राप्त गर्ने खेलाडी तथा ‘रेफ्री’लाई नगदसहित सम्मान गरिएको थियो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 01, 2026
July 30, 2026
July 29, 2026
July 29, 2026
July 20, 2026
July 10, 2026
July 10, 2026
July 10, 2026
July 09, 2026
July 06, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .