तरुण दलको पाँचौँ महाधिवेशन मङ्सिरमा हुने

इ चितवन खबर

August 19, 2025

काठमाडौँ। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको पाँचौँ महाधिवेशन आगामी मङ्सिरमा हुने भएको छ ।तरुण दलका अध्यक्ष विद्वान गुरुङले एक विज्ञप्ति जारी गरी मङ्सिर २६ देखि २८ गतेसम्म पाँचौँ राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिनुभयो । लामो समयदेखि तरूण दलको महाधिवेशन हुन नसकेकाले कांग्रेसले निर्देशन समिति बनाएको थियो ।

    
तरुण दलले आगामी भदौ गतेभित्र दलको पूर्ण सदस्यता वितरण गरी वडा र पालिकाको अधिवेशन सम्पन्न गर्ने, भदौ मसान्तभित्र दलको केन्द्रीय कार्यालयबाट पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय एवं जिल्ला अधिवेशन प्रतिनिधि अनुमोदन गर्नेछ ।

    
यस्तै, कात्तिक २० गतेभित्र प्रदेशसभा निर्वाचन क्षेत्र र सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्ने, कात्तिक मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यसूची रहेको छ ।

    
यसैगरी, मङ्सिर १० गतेभित्र सातै प्रदेशको अधिवेशन सम्पन्न गर्ने र मङ्सिर २६, २७ र २८ गते राष्ट्रिय महाधिवेशन सम्पन्न गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।


# चितवन खबर # राजनीति

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .