इ चितवन खबर
August 21, 2025
चितवन। भरतपुर-२, क्षेत्रपुर चितवनमा रहेको फोर्ब्स कलेजले सुदूरपश्चिम विश्वविद्यालय संग सम्बन्ध लिएर बिबिए कार्यक्रम यस वर्ष देखि संचालन गर्ने भएको छ । ६६ जनाको कोटा रहेको कार्यक्रममा भर्ना कार्यक्रम संचालन भैरहेको र यस वर्षका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने कलेजका प्राचार्य हरि शरण पाठकले जानकारी गराउनु भयो ।
छात्रबृतिबाट जेहेन्दार, गरिव , जनजाति, शहीद परिवार , अल्पसंख्यक,फ़रक क्षमता भएका आदि विद्यार्थीहरू लाभान्वित हुन सक्ने छन्। साथै पहिलो २० जना भर्ना हुने विद्यार्थीलाई विशेष छात्रबृति रहेको पनि जानकारी प्राचार्य पाठकले गराउदै समयमा नै कलेजमा सम्पर्क गर्न विद्यार्थी तथा अभिभावकलाई आव्हान गर्नू भएको छ ।
कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सैध्दान्तिक शिक्षा मात्र नभई प्रयोगात्मक शिक्षा , अतिरिक्त क्रियाकलाप , इण्डस्ट्रीयल एक्सपोजर , व्यक्तिगत विकास, बिज़नेस स्टार्टअप आदिको माध्यमबाट अध्यापन गराउने र पास भएका संपूर्ण विद्यार्थीहरुलाई आफ्नै व्यवसाय गर्न ,रोजगारी प्राप्त गर्न विभिन्न संघ , संस्था आदि संग समन्वय गरी सहयोग गर्रनकलेजले जनाएको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 07, 2026
October 07, 2026
October 06, 2026
October 06, 2026
October 06, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .