चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’ हुँदै

इ चितवन खबर

August 28, 2025

चितवन। ग्रेस इन्टरनेशनलको आयोजनामा ‘एडुभर्स २०२५’ एजुकेशन फेयर हुँदैछ । ग्रेसले नेपालका प्रमुख शहरहरुमा
फेयर अयोजना गर्न लागिएको हो । 

 

चितवनको नारायणगढ स्थित ग्रेस इन्टरनेशनलको कार्यालयमा अगष्ट २९ तारिकदेखि फेयरको आयोजना हुनेछ । पहिलो दिन क्यानडाका युनिभर्सिटी र कलेजका प्रतिनिधिहरुको सहभागितामा फेयर आयोजना हुने ग्रेस इन्टरनेशनल नारायणगढ शाखाका प्रमुख गणेश लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार सेक्टेम्बर २ तारिकमा न्युजिल्याण्ड, ५ तारिकमा युएसए, ९ तारिकमा अष्ट्रेलिया र १३ तारिकमा युकेका कलेज तथा युनिभर्सिटीका प्रतिनिधिको उपस्थितिमा फेयर आयोजना हुनेछ । पाँच देशका ५० बढि कलेज, युनिभर्सिटीका प्रतिनिधिहरु फेयरमा प्रत्येक्ष सहभागि हुने लामिछानेले बताउनुभयो ।

 


शिक्षा सेवामा सन् २००६ देखि सक्रिय ग्रेस इन्टरनेशनलले चितवन संगै काठमाडौँ (बागबजार), बुटवल,विराटनगर, इटहरी, पोखरा र बागलुङमा पनि फेयर आयोजना गर्दैछ । विद्यार्थी तथा अभिभावकहरूले विश्वस्तरीय शैक्षिक अवसरहरूको बारेमा प्रत्यक्ष जानकारी लिन सक्नेछन् । कार्यक्रम बिहान १० बजे देखि दिउँसो
३ बजेसम्म सञ्चालन हुनेछ ।

 


फेयरमा सहभागि हुने विद्यार्थीका लागि हात खाली नहुने उपहारको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि स्वीमिङ भौचर, आइएलटिए पिटिइमा ५० प्रतिशत छुट, मुभी टिकट र अरु थु्रपै गिफ्ह्याम्परको समेत व्यवस्था गरिएको ग्रेसले जनाएको छ । सो अवसरमा विद्यार्थीले विश्वविद्यालय तथा कलेज प्रतिनिधिसँग व्यक्तिगत एक–एक परामर्श गर्न सक्नेछन भने सय प्रतिशतसम्म छात्रवृत्तिको अवसर प्रदान गरिनेछ । यस्तै अन द स्पट एड्मिसन सुविधा, निःशुल्क प्रोफाइल मूल्याङ्कन समेत गरिनेछ । ग्रेस इन्टरनेशनलले पछिल्ला १८ वर्ष देखि सयौं विद्यार्थीलाई शैक्षिक परामर्श र भाषा कक्षाको सेवा प्रदान गर्दै आइरहेको छ । चितवनमा विश्वासिलो शैक्षिक परामर्शदाता संस्थाको रुपमा स्थापित ग्रेसले थुप्रै सामाजिक कामहरु समेत गर्दै आइरहेको छ ।


 “एडुभर्स २०२५ ले नेपाली विद्यार्थी तथा अभिभावकलाई विश्वस्तरीय शैक्षिक संस्थासँग प्रत्यक्ष सम्पर्क गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ, जसले उनीहरूलाई भविष्यका लागि सूचित र सही निर्णय लिन सहयोग पुर्याउनेछ ।”


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा

October 07, 2026

कांग्रेसको १५औँ महाधिवेशन : बिहीबार बिहान १० बजेदेखि मतदान

October 07, 2026

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

October 06, 2026

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

October 06, 2026

कांग्रेस १५ औँ महाधिवेशन : मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

October 06, 2026

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : संयोजक दाहाल

October 04, 2026

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : सभापति थापा

October 04, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .