इ चितवन खबर
September 03, 2025
चितवन । नेपालमा मन्टेश्वरी तथा प्री–स्कुल शिक्षाको महत्त्व जनस्तरमा स्वीकार भइसकेको छ। बालबालिकालाई प्रारम्भिक उमेरमै अनुशासन, संस्कार, व्यक्तित्व विकास र आत्मनिर्भरता जस्ता जीवन उपयोगी पक्ष सिकाउने यो शैक्षिक प्रणाली आज संसारभर विश्वसनीय र प्रभावकारी माध्यमका रूपमा स्थापित भइसकेको छ । तर बिडम्बनाको कुरा के छ भने, नेपालमा यस क्षेत्रलाई सुदृढ बनाउनु भन्दा पनि बारम्बार थिलोथिलो पार्ने, अनावश्यक नियम लगाउने, र विश्वासको वातावरणलाई कमजोर बनाउने सरकारी प्रवृत्ति देखिँदै आएको छ। यस्तो संवेदनशील र भविष्य निर्माण गर्ने संस्थामाथि धरपकड गर्नुले सरकारको दृष्टिहीनता, कमजोरी र संवेदनहीनतालाई प्रष्ट झल्काउदछ।
यससँगै, मन्टेश्वरी तथा प्री–स्कुलहरूले महिलाको रोजगारी र सशक्तीकरणमा पुर्याएको योगदानलाई बेवास्ता गर्नु राज्यको अर्को गम्भीर गल्ती हो। सरकार स्वयं रोजगार सिर्जनामा असक्षम रहँदै आएको वर्तमान अवस्थामा यस्ता संस्थाहरुले महिलाहरुलाई आर्थिक तथा सामाजिक सशक्तीकरणमा अग्रणी भूमिका खेलेका छन्। अब यिनै संस्थामाथि आक्रमण गर्ने प्रयत्न गर्नु भनेको समाजलाई कमजोर बनाउने, महिला सशक्तीकरणको मार्ग अवरुद्ध गर्ने र शिक्षा प्रणालीलाई पछाडि धकेल्ने प्रयास हो।
प्रष्ट नीति र कानुनको अभावले गर्दा प्री–स्कुल तथा मन्टेशश्वरी शिक्षालयहरू कहिले केन्द्र सरकारको कठोर नियम, कहिले स्थानीय तहको मनपरी निर्णय र कहिले त दुवैको अनावश्यक दबाबबाट गुज्रिन विवश छन्। यसबीचमा योग्य, अनुशासित र संस्कारी जनशक्ति तयार गर्ने यस्ता संस्थाहरूलाई राष्ट्रले उपेक्षा गर्दा ठूला–ठूला शैक्षिक माफियाको पोल्टो भने निरन्तर भरिँदै आएको छ।
यदि सरकारले साँच्चिकै प्रारम्भिक बालशिक्षालाई राष्ट्र निर्माणको जग मान्ने हो भने, यस क्षेत्रमा पारदर्शी नीति, समान अवसर, प्रोत्साहन र सुरक्षात्मक कानुनको अविलम्ब आवश्यकता छ। अन्यथा योग्य जनशक्ति उत्पादन गर्ने सिङ्गो धरातल नै उपेक्षा र असमानताको सिकार हुँदै जानेछ।
यसकारण, देशभरका सबै मन्टेश्वरी तथा प्री–स्कुलहरू, अभिभावक, शिक्षक र सरोकारवालाहरू एकजुट भई सरकारको विभेदपूर्ण र गलत नीतिगत अभ्यासको प्रतिकार गर्नुपर्ने समय आएको छ। हामी यस्तो गलत निर्णयको खुलेर विरोध गर्दछौं र सरकारलाई प्रारम्भिक बालशिक्षा र महिला सशक्तीकरणविरुद्धको नीति तुरुन्त सच्याउन जोडदार माग गर्दछौं, सरोकारवालाहरुको ध्यानाकर्षण गर्दछौं।
(लेखक : किड्स वर्ल्ड मन्टेश्वरीकी प्राचार्य । )
Happy ( १००% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
May 30, 2026
May 30, 2026
May 30, 2026
May 30, 2026
May 29, 2026
May 29, 2026
May 28, 2026
May 27, 2026
May 27, 2026
May 27, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .