एमाले महाधिवेशनमा २ हजार ३४१ प्रतिनिधि सहभागी हुने

इ चितवन खबर

September 03, 2025

काठमाडौ। भाद्र २० देखि २२ गतेसम्म ललितपुर, गोदावरीस्थित सनराइज हलमा हुने भनिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको समुद्घाटन भाद्र २० गते बिहान ११ बजे विशेष समारोहका बीच पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ। आज नेकपा एमाले प्रचार तथा प्रकाशन विभागले गरेको पत्रकार सम्मेलनमार्फत जारी गरिएको विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ।

 

विज्ञप्तिमा भनिएको छ, ‘महाधिवेशनको उद्घाटन कार्यक्रम भाद्र २० गते बिहान ११ बजे एक विशेष समारोहका बीच पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ।’ उक्त विज्ञप्तिमा भनिएको छ कि महाधिवेशनमा २०२६ जना प्रतिनिधि र आयोजकको हैसियतमा थप ३१५ जना सहभागी हुनेछन्। यसरी सहभागीको कुल संख्या २३४१ हुनेछ।

 

महाधिवेशनलाई ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासाथ भव्य र सभ्य ढंगले सम्पन्न गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ।

 

विज्ञप्तिमा भनिएको छ, ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ भने उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गर्नुहुनेछ। महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

 

यसैगरी, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कककडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना प्रतिवेदन पेस गर्ने व्यवस्था मिलाइएको छ। प्रस्तुत प्रतिवेदनमाथि सहभागी प्रतिनिधिहरूबीच समूहगत छलफल हुनेछ। विधान महाधिवेशनले केन्द्रीय निर्वाचन आयोगको भावी नेतृत्व समेत चयन गर्नेछ।’

 

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति विश्लेषण गर्दै वर्तमान चुनौती, पार्टीको कार्यदिशा र कार्यभार स्पष्ट गर्ने बताइएको छ। यस प्रतिवेदनमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण, नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विशेष प्रस्ताव तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई राष्ट्रिय गन्तव्यको रूपमा अगाडि बढाउने मार्गचित्र समावेश गरिएको छ। यसले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा निर्माण गर्ने कार्यमा जोड दिइनेछ, भनेर विज्ञप्तिमा उल्लेख छ।

उपाध्यक्ष पौडेलको विधान संशोधन प्रस्तावमा पार्टीमा दुईखाले सदस्यता व्यवस्था, ७० वर्षे उमेरहद हटाउने, जिल्ला कमिटीलाई कार्यकारी बनाउने, २५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एकतिहाइ पोलिटब्यूरो र १५ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था प्रस्ताव गरिएको छ। साथै, पदाधिकारीमा अनिवार्य रूपमा एक महिला रहने व्यवस्था पनि राखिएको विज्ञप्तिमा उल्लेख छ।

महासचिव पोखरेलले प्रस्तुत गर्ने संगठनात्मक प्रतिवेदनमा पार्टी निर्माणका चुनौती र समाधानका उपाय, राष्ट्रिय शक्ति निर्माणको मार्गचित्र, राजनीतिक स्थायित्व, राष्ट्रिय हित र स्वाभिमानको रक्षा, विकास, समृद्धि र सुशासनका विषयमा स्पष्ट धारणा राखिएको छ। यसले पार्टीलाई मुलुककै निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने दृष्टिकोण प्रस्तुत गरिनेछ।

 

महाधिवेशनलाई सफल बनाउन आठ वटा उपसमिति गठन गरिएको छ। प्रतिनिधि व्यवस्थापन, आवास, स्वयंसेवक परिचालन, स्वास्थ्य, प्रचार, मञ्च सजावट, सांस्कृतिक कार्यक्रम, खाद्य तथा सचिवालय र स्वागत गेट व्यवस्थापनका लागि छुट्टाछुट्टै जिम्मेवारी तोकिएको छ। सातदोबाटो चोकदेखि गोदावरीसम्म यातायात व्यवस्था, झाँकी प्रदर्शन, स्वागत गेट र सजावटका काम पूरा भइसकेको विज्ञप्तिमा उल्लेख छ।


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

अबको जीवन जनता र लोकतन्त्रका लागि समर्पित गर्छु : पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

November 22, 2026

गण्डकीमा विपद्पछिको पुनःनिर्माणमा आठ अर्ब बढी लाग्ने अनुमान

November 19, 2026

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

November 18, 2026

अध्यक्ष ओलीद्वारा छठको शुभकामना

November 15, 2026

कांग्रेस सभापति थापा : नेपाल संवत् ११४७ का उपलक्ष्यमा शुभकामना सन्देश

November 10, 2026

व्यक्ति भन्दा नीति देशभर पुग्नुपर्छ : सभापति लामिछाने

November 05, 2026

पार्टीको आधिकारिकता सम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन भएको छैन : सभापति थापा

November 05, 2026

न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्तावमा विकल्प खुला छ : मन्त्री गौतम

November 05, 2026

छ मिटर भन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिने : मुख्यमन्त्री थापा

November 03, 2026

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ : प्रधानमन्त्री

November 02, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .