इ चितवन खबर
February 27, 2025
काठमाडौं। नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशन फागुन १६–१९ गतेसम्म भक्तपुरको सल्लाघारीमा हुने भएको छ । महाधिवेशनको पार्टी अध्यक्ष नारायणकाजी श्रेष्ठले उदघाटन गर्नेछन् ।
महाधिवेशन सुरु हुनुअघि शुक्रबार बिहान १० बजे नेमकिपाले भक्तपुरदेखि काठमाडौंसम्म ¥याली निकाल्ने भएको छ । सो ¥यालीपछि भक्तपुरको सल्लाघारीको खुला चौरमा आमसभा गर्ने भएको छ । आमसभालाई पार्टी अध्यक्ष बिजुक्छेसहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
चार दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने नेताहरूको भनाइ छ । पार्टी अध्यक्ष बिजुक्छेले अब आफू नेतृत्वमा बस्न नचाहेकाले दोस्रो पुस्तालाई पार्टी चलाउन सल्लाह दिएका छन् । तर नेमकिपा चलाउन सक्ने बिजुक्छेको उत्तराधिकारी अहिलेसम्म भेटिएको छैन । नेमकिपामा सुनिल प्रजापति र प्रेम सुवालबाहेक नाम सुनिएका अन्य नेता केही पनि छैनन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
July 01, 2026
July 01, 2026
June 30, 2026
June 30, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .