इ चितवन खबर
February 27, 2025
काठमाडौं। माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ फेरि तराई मधेश जागरण अभियानमा सरिक भएका छन् ।
झापाको कचनकवलबाट चार दिनअघि सुरु भएको अभियानको उद्घाटन कार्यक्रममा आफूलाई मनोवैज्ञानिक दबाब दिएर बोल्न नदिएको भन्दै अभियान छाडेर हिँडेका श्रेष्ठ बिहीबार सुनसरीमा आयोजित कार्यक्रममा सरिक भएका छन् ।
श्रेष्ठले अभियान सुरु भएको भोलिपल्टै चितवन पुगेर असन्तुष्टि व्यक्त गरेका थिए । उनले सम्बोधन गरिरहेका श्रेष्ठले नजिकै उभिएका कार्यक्रम प्रस्तोता झापा जिल्ला संयोजक राजु आचार्यसँग सवालजवाफसमेत गरेका थिए। नारायणकाजीले सम्बोधन गर्दैगर्दा उनी पोडियम नजिकै उभिएका थिए। तर, श्रेष्ठले किन उभिएको ? भन्दै प्रश्न गरेका थिए। सोही विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत स्पष्टीकरण दिनुपरेको थियो। चितवन पुगेर झापामा रिसाएको सन्दर्भमा श्रेष्ठले माफीसमेत मागेका थिए।
पार्टी अध्यक्ष प्रचण्डसहित पार्टीका सबैजसो शीर्ष नेता अभियानमा जुटेका छन्। माओवादीले यो अभियानलाई जनतासँग पुनः फर्कने अभियानको रूपमा लिएको छ। प्रचण्डले झापा र मोरङका विभिन्न स्थानमा आयोजित कार्यक्रमबाट हौसिँदै पार्टी २०६४ कै अवस्थामा पुगेको दाबी गर्ने गरेका छन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
March 24, 2026
March 21, 2026
March 21, 2026
March 20, 2026
March 19, 2026
March 13, 2026
March 13, 2026
March 12, 2026
March 11, 2026
March 11, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .