ध्वस्त संरचना पुनर्निमाण गर्न कांग्रेसका युवाहरूले एकमहिने श्रमदान र आर्थिक दान गर्ने

इ चितवन खबर

September 16, 2025

काठमाडौं । नेपाली कांग्रेसप्रति आस्था राख्ने युवाहरूले एक महिने श्रमदान र आर्थिक सहयोग संकलन अभियान सुरु गरेका छन्। जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका संरचना पुनर्निर्माणका लागि कांग्रेसमा आस्था राख्ने युवाहरूले श्रमदान र आर्थिक सहयोगको अभियान सुरु गरेका हुन्। 

 


रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कांग्रेस महाधिवेशन प्रतिनिधि एवं शंकरदेव क्याम्पस स्ववियू सचिव मदन उपाध्यायले सरकारले आर्थिक सहयोगका लागि पुनर्निर्माण कोष खोल्न आवश्यक रहेको बताए। सरकारले पुनर्निर्माण कोष खोलेको खण्डमा कांग्रेसमा आस्था राख्ने युवाहरूले आफूले सकेको आर्थिक सहयोग सोही कोषमा जम्मा गर्ने उनले बताए।

 

‘सरकारले पुनर्निर्माण कोष खोलोस्। हामी अभियान सुरु गर्छौं। ‘यो दशैं आफ्ना लागिसँगै देशका लागि पनि’ भन्ने नाराका साथ कांग्रेसप्रति आस्था राख्ने युवाहरू आर्थिक सहयोगका लागि तयार छौं। हामीले जो जहाँ छौं, त्यही रहेर ३० दिने श्रम अभियान पनि चलाउने निर्णय गरेका छौं,’ उनले भने। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भको कारण वर्तमान अवस्थाको सिर्जना भएको कांग्रेसप्रति आस्था राख्ने युवाहरूको ठहर छ।

 

विषम परिस्थितिका बीच राष्ट्रपति रामचन्द्र पौडेलको सुझबुझपूर्ण कदम र नेपाली सेनाको जिम्मेवारपूर्ण भूमिकाले देश पुनः शान्ति पथमा अग्रसर भएको उनीहरूको निष्कर्ष रहेको छ। अन्तरिम सरकारलाई ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने म्यान्डेट रहेको स्मरण गराउँदै उनीहरूले वर्तमान सरकार आफ्नो म्यान्डेटअनुसार काम गर्न सफल हुनुपर्ने धारणा रहेको छ।

 

‘देश पहिचान गराउने संरचना ध्वस्त भएका छन्। यस घटनाले हामीलाई भावविह्वल तुल्याएको छ। यस विषम परिस्थितिमा देशका प्रजातान्त्रिक युवाहरूले एउटा साझा अभियानका माध्यमबाट नेपाल पुननिर्माणको संकल्प लिएका छौं। र, सोही अनुरुप हामीले देशको पुर्नसंरचना निर्माणमा एक महिना आर्थिक र भौतिक श्रमदान अभियानको थालनी गरेका छौं। यसका साथै नेपाली कांग्रेसको भौतिक संरचना निर्माणमा र क्षति स्थानीय तह पुर्ननिर्माणमा पनि हामी एक महिना सक्रियताका साथ काम गर्ने छौं,’ जारी विज्ञप्तिमा भनिएको छ।

 

नेविसंघ केन्द्रीय सदस्य धर्म खनाल, शिक्षाविद् किरन भट्ट र केदार नाथ पाठक, ल क्याम्पस स्ववियु सचिव मनमोहन भट्टलगायत युवाहरूको पत्रकार सम्मेलनमा सहभागीता रहेको थियो।


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

मतदाता नाम दर्ता तीव्र, दैनिक १२ घण्टासम्म सेवा प्रवाह हुँदै

November 12, 2025

आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्य : प्रधानमन्त्री कार्की

November 09, 2025

प्रधानमन्त्री कार्कीको निर्देशन : सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नुस्

November 03, 2025

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा

November 02, 2025

निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी हुन्छ : प्रधानमन्त्री कार्की

November 01, 2025

सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

October 27, 2025

निर्वाचन तयारी : पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

October 24, 2025

नेकपा एमाले चितवनको सदभाव र्याली तथा जागरण अभियान

October 20, 2025

आगजनीमा परेको बीपी स्मृति भवनमा कांग्रेसको बैठक

October 10, 2025

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज २६ मा

September 28, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .